ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कोरोना कोषमा सहयोग गर्यो, कर्मचारीले दिए ३४ लाख

काठमाडौं। ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार  कोषमा  कर्मचारीहरुका

सम्बन्धित सामग्री

ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

३० चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका  कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ । किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा …

ग्रामीण विकास लघुवित्त १२ करोड ५९ लाख नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख नोक्सानी व्यहोरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १९ करोड नाफामा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ८ दशमलव ९१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९ करोड १३ लाख छुट्याएकोमा चालू आवमा रू. २६ करोड ६ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १२ करोड ५९ लाख ऋणात्मक रहेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. २५ दशमलव ६४ ऋणात्मक रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात पनि २६ दशमलव ५२ ऋणात्मक, तरलता अनुपात ५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ०६ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २७ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ६ अर्ब २ करोड सापटी लिई रू. ३ अर्ब ७१ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा दंगाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् ।संस्थाको सञ्चालक समितिको २४ असोजमा बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पद तथा गोपनियताको सपथ गराएका छन् । सो […]

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो । सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका […]

प्रि - ओपन सेसनमा नेप्से ४.८४ अंकले वृद्धि

असार १५, काठमाडौं । साताको तेस्रो  कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ८४ अंकले वृद्धि भएको छ ।  उक्त अवधिमा नेप्से परिसूचक २ हजार ८८० दशमलव ३४ विन्दुमा पुगेको छ । उक्त अवधि सम्ममा ४९ ओटा कम्पनीको २८ हजार ३५० कित्ता शेयरको रू.१ करोड ५४ लाख ९२ हजार १५९ बराबरको शेयर खरीदविक्री भएको छ ।  पाँच ओटा कम्पनीको शेयरमूल्य ५ प्रतिशतका दरले वृद्धि भएको छ ।  अरुण भ्याली हाइड्रोपावर,ग्रामीण विकास लघुवित्त वित्तीय संस्था,मिथिला लघुवित्त वित्तीय संस्था,उन्नति लघुवित्त वित्तीय संस्था,माउण्टेन हाइड्रो नेपाल र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ प्रतिशतका दरले वृद्धि भएको हो।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सहयोग

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था प्रधान कार्यालय, बुटवलले नेपाल सरकार र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २८ लाख ५० हजार रुपैया“ सहयोग रकम प्रदान गरेको छ । विश्वमा महामारीको रूपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमण नेपालमा समेत देखापरेको सन्दर्भमा नेपाल सरकार र प्रदेश सरकारहरूले कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा विपत्मा परेका परिवारहरूलाई राहत वितरणमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको उक्त कोषमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएको संस्थाले जनाएको छ ।

https://www.onlinekhabar.com/2020/01/827553

२५ पुस, बुटवल । साविकका पाँचवटा क्षेत्रीयस्तरका ग्रामीण विकास बैंकहरु मर्ज भएर बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चित नोक्सान करिब ७७ करोडबाट सुधार गर्दै ११ करोडमा झारेको छ । पाँच वटा ग्रामीण विकास बैंक …

ग्रामीण विकास लघुवित्तका समीक्षा गोष्ठी

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को आ.व.०७५-७६ को वार्षिक कार्यक्रम तथा वजेट समीक्षा गोष्ठी भाद्र १४ र १५ गते वुटवलमा सम्पन्न भएको छ । प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले गोष्ठी उद्घाटनका क्रममा आफ्नो मनतब्य राख्दै अघिल्लो समीक्षा गोष्ठीमा भएका निर्णयहरूको कार्यान्वयन पक्षको विश्लेषण गर्नुका साथै समीक्षा अवधिमा लक्ष्य अनुरुप उपलब्धी हासिल हुन नसकेका सूचकांकहरूका वारे खुलस्त छलफल गरी त्यसमा सुधार ल्याउन आवश्यक रहेको बताए ।