ग्रामीण विकास लघुवित्त १२ करोड ५९ लाख नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख नोक्सानी व्यहोरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १९ करोड नाफामा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ८ दशमलव ९१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९ करोड १३ लाख छुट्याएकोमा चालू आवमा रू. २६ करोड ६ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १२ करोड ५९ लाख ऋणात्मक रहेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. २५ दशमलव ६४ ऋणात्मक रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात पनि २६ दशमलव ५२ ऋणात्मक, तरलता अनुपात ५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ०६ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २७ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ६ अर्ब २ करोड सापटी लिई रू. ३ अर्ब ७१ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ । 

सम्बन्धित सामग्री

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा दंगाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् ।संस्थाको सञ्चालक समितिको २४ असोजमा बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पद तथा गोपनियताको सपथ गराएका छन् । सो […]

सरकारी लघुवित्त प्रयोग गरेर किसानलाई गाउँमै सहुलियतपूर्ण ऋण

१५ जेठ, काठमाडौं । सरकारले कृषिमा उपयोग गर्ने गरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको पुनर्संरचना गर्ने भएको छ । स्थानीय तहलाई सेयर समेत दिलाएर त्यस्ता संस्थामार्फत कसान, महिला र दलितलाई सहुलियत पूर्णऋण सिदने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले घरदैलोमै किसानले ऋण लिन पाउने गरी घोषणा गरेका हुन् […]

ग्रामीण विकास लघुवित्तको सीईओमा कटुवाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले कटुवाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनियताको सपथ गराएका छन् । यसअघि कटुवाल सोही संस्थामा १ वर्ष […]

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो । सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका […]

ग्रामीण विकास लघुवित्त संस्थाको निःशुल्क स्वास्थ्य शिविर

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ५ आंै वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।