ग्रामीण विकास लघुवित्तको अध्यक्षमा दंगाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल नियुक्त भएका छन् ।संस्थाको सञ्चालक समितिको २४ असोजमा बसेको बैठकले दंगाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष दंगाललाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पद तथा गोपनियताको सपथ गराएका छन् । सो […]

सम्बन्धित सामग्री

ग्रामीण विकास लघुवित्त १२ करोड ५९ लाख नोक्सानीमा, अन्य सूचक कस्तो ?

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख नोक्सानी व्यहोरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १९ करोड नाफामा थियो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जामा वृद्धि भएकाले नोक्सानीमा गएको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ८ दशमलव ९१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याएकाले पनि नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ९ करोड १३ लाख छुट्याएकोमा चालू आवमा रू. २६ करोड ६ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १२ करोड ५९ लाख ऋणात्मक रहेको हो । कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. २५ दशमलव ६४ ऋणात्मक रहेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात पनि २६ दशमलव ५२ ऋणात्मक, तरलता अनुपात ५ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ०६ रहेको छ ।  कम्पनीको चुक्तापूँजी रू. ९८ करोड २५ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब २७ करोड सञ्चित गरेको छ । कम्पनीले रू. ६ अर्ब २ करोड सापटी लिई रू. ३ अर्ब ७१ करोड निक्षेप संकलन गरेर रू. १२ अर्ब ८४ करोड भन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्रामीण विकास लघुवित्तको २३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । संस्थाले प्रुडेन्सियल क्यापिटल मेनेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न लागेका लगानीकर्ताहरुले न्यूनतम ३५० रुपैयाँ र सोभन्दा बढि मूल्यमा आवेदन दिन […]

ग्रामीण विकास लघुवित्तको सीईओमा कटुवाल

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा श्यामकुमार कटुवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले कटुवाललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।नव नियुक्त प्रमुख कार्यकारी अधिकृत कटुवाललाई संस्थाका सञ्चालक समितिका अध्यक्ष धनबहादुर बरुवालले पद तथा गोपनियताको सपथ गराएका छन् । यसअघि कटुवाल सोही संस्थामा १ वर्ष […]

ग्रामीण विकास लघुवित्तको साधारण सभा शनिवार हुँदै

फागुन २७, काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा शनिवार हुदैछ । सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट गरिने भएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस ग्रामीण विकास लघुवित्त र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ती गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।  कम्पनीले यस वर्ष शेयरधनलिाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सातौ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १७ गते देखि २८ गते सम्म बुक क्लोज गरेको छ यस आधारमा फागुन १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा बरुवाल

काठमाडौं (अस) । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा धनबहादुर बरुवाल चयन भएका छन् । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार अर्थ मन्त्रालयबाट सञ्चालकमा प्रतिनिधित्व गरेका बरुवाललाई अध्यक्षमा चयन गरिएको हो ।

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा धन बहादुर बरुवाल चयन

पुस ५, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा धन बहादुर बरुवाल चयन भएका छन् ।  पुस ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार नेपाल सरकार अर्थ मन्त्रालयबाट सञ्चालकमा प्रतिनिधित्व गरेका बरुवाललाई अध्यक्षमा चयन गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

ग्रामीण विकास लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं, ६ भदौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको सम्पन्न भएको हो । सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । त्यसैगरी, सभाबाट संस्थापक समुह अन्तर्गतका […]

ग्रामीण विकास लघुवित्तको साधारण सभा शनिवार हुँदै

भदौ ४, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा  शनिवार हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु,कम्पनी,संस्था र शेयर  सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझादारीबाट मनोनित वा निर्वाचित हुने दुई जना सञ्चालक चयन गर्ने र सर्वसाधारण समूह ख अन्तर्गतका शेयरधनीबाट दुई जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले ग्रामीण विकास लघुवित्त र अन्य कुनै पनि लघुवित्त एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

ग्रामीण विकास लघुवित्त संस्थाको निःशुल्क स्वास्थ्य शिविर

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो ५ आंै वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ ।