प्रि - ओपन सेसनमा नेप्से ४.८४ अंकले वृद्धि

असार १५, काठमाडौं । साताको तेस्रो  कारोबार दिन मंगलवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ८४ अंकले वृद्धि भएको छ ।  उक्त अवधिमा नेप्से परिसूचक २ हजार ८८० दशमलव ३४ विन्दुमा पुगेको छ । उक्त अवधि सम्ममा ४९ ओटा कम्पनीको २८ हजार ३५० कित्ता शेयरको रू.१ करोड ५४ लाख ९२ हजार १५९ बराबरको शेयर खरीदविक्री भएको छ ।  पाँच ओटा कम्पनीको शेयरमूल्य ५ प्रतिशतका दरले वृद्धि भएको छ ।  अरुण भ्याली हाइड्रोपावर,ग्रामीण विकास लघुवित्त वित्तीय संस्था,मिथिला लघुवित्त वित्तीय संस्था,उन्नति लघुवित्त वित्तीय संस्था,माउण्टेन हाइड्रो नेपाल र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ प्रतिशतका दरले वृद्धि भएको हो।