काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामा पनि स्वीकृत भएको छ ।