ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल

काठमाण्डाै – नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ ।    ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।    प्रवक्ता भेटुवालले गएकाे कात्तिक ३० गते भारतको राज...

सम्बन्धित सामग्री

भारतीय स्वतन्त्रता दिवस र नेपाल सम्बन्ध

काठमाडौँ – १५ अगस्तको दिनलाई भारतीयले स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्दछन्। तर, यो दिन नेपाल र भारत दुवैको निम्ति समान रुपले उल्लास एवं सम्मानको दिन हो। भारतको स्वतन्त्रता आन्दोलनको सफलता पश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो। नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सद्भाव र समर्थन बिर्सी नसक्नु छ। नेपाल र भारत परम्परागत […]

नेपाल र भारतले जलविद्युतमा संयुक्त लगानी गर्ने

प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा ऊर्जा सहयोगसम्बन्धी महŒवपूर्ण ‘नेपाल–भारत संयुक्त दृष्टिकोण पत्र’ जारी भएको छ । संयुक्त दृष्टिकोण पत्रमा मुख्य पाँच बुँदा उल्लेख छन् । पहिलोमा नेपालमा दुवै देशको संयुक्त लगानीमा जलविद्युत्...

ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल-भारत संयुक्त संचालक समितिको बैठक सम्पन्न

न्युज अप नेपाल, काठमाडौं । भारत र नेपालले द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्यबारे सह–सचिव स्तरीय संयुक्त कार्यदल तथा सचिव स्तरीय संयुक्त संचालक समितिको ९ औं बैठक सम्पन्न भएको छ । बैठक फाल्गुन ११ र १२ गते काठमाडौंमा आयोजना भएको हो । दुई संयन्त्रले ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई सहयोग गर्न आवश्यक ढाँचा उपलब्ध गराउने गरेका छन् । […]

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको  विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए ।नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने

नेपाल भारत–ऊर्जा बैठक शुरू

काठमाडौं (अस) । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को दुईदिने बैठक बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । बुधवार नेपाल र भारतका ऊर्जा सहसचिवस्तरीय वार्ता भएको छ । बिहीवार हुने सचिवस्तरीय वार्ताले सह–सविचस्तरीय वार्तामा टुंगो लागेको विषयलाई अन्तिम रूप दिनेछ । बिहीवारको बैठक नेपालका ऊर्जासचिव देवेन्द्र कार्की र भारतीय ऊर्जासचिव आलोक कुमारको उपस्थितिमा हुनेछ । बुधवारको बैठकमा नेपालबाट भारत तथा बंगलादेशमा विद्युत् निर्यात गर्ने विषयमा छलफल भएको छ । यस्तै नेपाल र भारतबीच विद्युत् आयात–निर्यात, अन्तरदेशीय प्रसारणलाइनको विषयमा अन्तरक्रिया भएको छ । नेपालमा बर्खाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो बराबरको विद्युत् किन्ने अझै ग्यारेन्टी गरेको छैन । नेपालमा विद्युत् उत्पादन समेत बढ्दै गएको छ । हिउँदमा भने भारतबाट आयात गर्नुपर्ने बाध्यता यथावत् छ । सोही अवस्थालाई दृष्टिगत गर्दै बैठकको एजेन्डा तय गरिएको छ । पछिल्लो पटक २०७६ असोजमा भारतको बैंगलुरुमा यस सम्बन्धी बैठक भएको थियो । प्रत्येक ६/६ महीना उक्त बैठक बस्नुपर्नेमा कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई उक्त बैठक आयोजना गर्न पटक पटक आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोनाको कारण देखाउँदै बैठक आह्वान गरेको थिएन । अहिले कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि भारतले यो बैठक आह्वान गरेको हो ।

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

काठमाडौं । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो । पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६/६ महीना बैठक बस्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता बैठक हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले फागुन ११ र १२ गते ऊर्जासचिव स्तरीय बैठक हुन लागेको बताए । बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । मन्त्रालयका एक अधिकारीले बैठकमा पेश हुने प्रस्ताव अझै तयार नभएको बताए । ‘दुई देशकै सहमतिमा बैठकमा पेश गर्ने एजेन्डा तय हुने हो । हाम्रो तर्फबाट केही प्रस्ताव पठाएका छौं । सम्भवतः सोमवारको बैठकमा प्रस्तावबारे निर्णय हुन्छ,’ उनले भने, ‘हतारमा बैठक आयोजना हुँदा एजेन्डा फाइनल हुन सकेको छैन । सोमवार नेपालको कानून मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित भारतका सम्बद्ध मन्त्रालयसँग छलफल हुन्छ ।’ बैठकमा नेपालले विद्युत् व्यापार, विद्युत् आदान–प्रदान तथा अन्तरदेशीय प्रसारणलाइनको विषयमा छलफल गर्न खाजेको छ । सोही विषयमा केन्द्रित रहेर नेपालले आफ्नो प्रस्ताव भारत पठाएको स्रोतको भनाइ छ । नेपालमा वर्षाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो विद्युत् किन्ने सुनिश्चित गरेको छैन । त्यसैले नेपालले विद्युत् व्यापारसँगै विद्युत् आदान–प्रदानको विषयलाई मुख्य प्राथमिकताका साथ छलफल गर्न खोजेको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनको विषयमा पनि छलफल गर्न खोजिएको स्रोतको भनाइ छ । भारतले भने उक्त बैठकमा जलविद्युत् आयोजनामा संयुक्त लगानी र विकासबारे छलफल गर्न चाहेको छ । बैठकको पहिलो दिन नेपाल भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यसमूहको बैठक हुनेछ । त्यसमा दुवै देशका ऊर्जा सहसचिव उपस्थित हुनेछन् । त्यसमा नेपालबाट ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सहभागी हुनेछन् । दोस्रो दिन भने दुवै देशका ऊर्जा सचिवहरूको बैठक हुनेछ । नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र भारतीय ऊर्जा सचिव आलोककुमार उक्त बैठकमा उपस्थित हुनेछन् । बैठकले सहसचिव स्तरीय बैठकबाट टुंगो लागेको विषयलाई अन्तिम रूप दिने बताइएको छ ।

नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठक आउँदो साता काठमाडौंमा

प्रसारण लाइनको पूर्वाधार निर्माण र विद्युत् व्यापार मुख्य एजेन्डा नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालक समितिको (ज्वाइन्ट स्टेरिङ कमिटी–जेएससी)को नवौँ बैठक ११ र १२ फागुनमा हुने भएको छ । कोभिड संक्रमण पनि घट्दै...

नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्ट

नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । १५ अगस्टको दिनलाई भारतीयहरूले स्वतन्त्रता दिवसको रूपमा मनाउने गर्छन्, तर यो दिन नेपाल र भारत दुवैका निम्ति समान रूपले उल्लास एवं सम्मानको दिन हो । भारतको स्वतन्त्रता आन्दोलनको सफलतापश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको […]