भोलिदेखि काठमाडौँमा नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक बस्ने

काठमाडौँ । भोलि बुधवार देखी नेपाल–भारत ऊर्जा सचिव स्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौँको होटेल  हायातमा दुई दिनसम्म चल्नेछ । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी–विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले […]

सम्बन्धित सामग्री

नेपाल-भारत ऊर्जा सचिव स्तरीय बैठक फागुन ५ र ६ गते

नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँ बैठक भारतमा बस्ने तय भएको हो।

नेपाल-भारत १० औँ ऊर्जा सचिव बैठक फागुनमा, के-के छन् नेपालका एजेन्डा ?

काठमाडौँ- आगामी फागुन पहिलो साता भारतमा हुने दशौं ऊर्जा सचिव स्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) बैठकमा विद्युत् व्यापार र प्रसारण लाइन संरचना निर्माण मुख्य एजेन्डा हुने भएको छ । गत २७ डिसेम्बरमा नयाँ दिल्लामा भएको दुई देशका प्राविधिक सहसचिव स्तरीय बैठक ‘ज्वाइन्ट टेक्निकल टिम- जेटीटी) ले सचिव स्तरीय बैठक संयुक्त सञ्...

नेपाल–भारत ऊर्जा सचिव बैठक फागुन पहिलो साता, भारतमा हुने

काठमाडौं । नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आगामी फागुन पहिलो साता भारतमा हुने भएको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरेका अनुसार फागुन ४ र ५ गते हुने उक्त बैठकका प्रमुख एजेन्डाहरु सीमापार विद्युत् प्रसारण संरचनाहरुसँग बढी सम्बन्धित छन् । ‘विशेष गरेर सीमापार अन्तर्देशीय प्रसारण लाइन निर्माण तथा सञ्चालनमा बैठक क...

नेपाल–भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको  विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति प्रदान गर्ने सहमति भएको उनको भनाइ छ । यसले गर्दा वर्षामा खेर जाने विद्युत् भारत निर्यात सहज हुने अधिकारीहरूले दाबी गरेका छन् । हाल उत्पादन अनुसारको खपत हुन नसक्दा वर्षायाममा ५०० मेगावाट बराबर विद्युत् खेर जाने गरेको छ । यसअघि प्राधिकरणले भारतमा ३९ मेगावाट विद्युत् व्यावसायिक रूपमा निर्यात गर्दै आएको छ । साथै, थप मेगावाट विद्युत् निर्यात गर्ने गरी प्राधिकरणले भारतलाई आवेदन दिएको छ । तर, त्यो आवेदन भारतले अझै स्वीकृत गरेको छैन । अब भने अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमअनुसार छिट्टै स्वीकृति दिन भारत सहमत भएको चटौतले बताए । बुधवारदेखि शुरू भएको बैठकमा नेपाल र भारतका ऊर्जा सचिव तथा सहसचिवको उपस्थिति थियो । बैठकले नेपाल र भारतबीच मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइन, अरुण–३ जलविद्युत् तथा प्रसारण लाइन आयोजना, अन्तरदेशीय विद्युत् आयात निर्यातलगायत विषयमा विभिन्न निर्णय गरेको छ । बैठकमा दुई देशबीच पहिलो अन्तरदेशीय ढल्केवर मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनको क्षमता बढाई ६०० मेवासम्म निर्यात गर्न सक्ने बनाउने सहमति भएको छ । हाल उक्त प्रसारण लाइनबाट ३५० मेगावाट विद्युत् आयात निर्यात गर्न सकिन्छ । हेटौंडा–ढल्केवर–इनरुवा ४०० किलो भोल्ट प्रसारण लाइन डिसेम्बर २०२३ मा सम्पन्न भएपछि उक्त प्रसारण लाइनबाट आयात निर्यात हुने विद्युत् क्षमतासमेत थप बढाउने सहमति गरिएको छ । यसैगरी दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर ४०० किलो भोल्ट प्रसारण लाइनअन्तर्गत भारत खण्डको लाइन बनाउन आगामी अप्रिलमा संयुक्त ग्रीड कम्पनी स्थापना गर्ने सहमति भएको छ । नेपाल खण्डको लाइन नेपाल आफैले बनाउने र भारत खण्डको संयुक्त लगानी (५०/५० प्रतिशत) मा बनाउने सहमति यसअघि नै भएको थियो । त्यसअनुसार भारत खण्डको लाइन बनाउन अप्रिलभित्र नेपाल विद्युत् प्राधिकरण तथा भारत सरकारको संयुक्त स्वामित्व हुने गरी पावर ग्रीड कर्पाेरेशन अफ इन्डिया लिमिटेड स्थापना गर्ने सहमति भएको छ । साथै, त्यसरी स्थापना हुने कम्पनीले लिनुपर्ने स्वीकृति, कम्पनी र प्राधिकरणबीच सम्पन्न गर्नुपर्ने विभिन्न सम्झौताको कार्य पनि अगाडि बढाउने सहमति भएको छ । यस्तै, नेपाल भारतबीच संयुक्त रूपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्न दुवै देशका २/३ जना प्रतिनिधि हुने गरी संयुक्त प्राविधिक टोली गठन गर्ने सहमति पनि भएको छ । यसैगरी नेपाल र भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावनाबारे अध्ययन गर्ने सहमति भएको छ । त्यसका लागि पनि दुवै देशका प्रतिनिधि हुने गरी प्राविधिक टोली बनाइने बताइएको छ । सन् २०१४ मा भएको नेपाल भारत विद्युत् व्यापार सम्झौताअनुसार भएको यो सचिवस्तरीय समितिको नवौं बैठक हो । उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न यस्तो बैठक हुँदै आएको छ । हरेक ६/६ महीनामा बैठक हुनुपर्ने भए पनि कोरोनाका कारण बैठक हुन सकेको थिएन । बैठकमा नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र सहसचिव चिरञ्जीवी चटौत सहभागी दिए । यस्तै, भारतबाट ऊर्जा सचिव आलोक कुमार र सहसचिव घनश्याम प्रसाद उपस्थित थिए । बुधवार सम्पन्न ऊर्जा सह सविचस्तरीय संयुक्त कार्यदलले सिफारिश गरेका विषयलाई सचिवस्तरीय बैठकमार्फत निर्णायक तहमा पुर्‍याइएको थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले ऊर्जा बैठकमा भएको सहमति स्वागतयोग्य भएको बताए । ठूला आयोजना बनाउन, प्रसारण लाइन बनाउन, अन्तरदेशीय विद्युत् व्यापार गर्न यो सहमतिले ठूलो सहयोग पुग्ने उनको भनाइ छ । नेपालमा लगानी अभावका कारण ठूला आयोजना बन्न सकेका छैनन् । यस अवस्थामा भारतले ठूला आयोजनामा लगानी गर्न चासो देखाउनु सकारात्मक भएको ऊर्जा व्यवसायीहरू बताउँछन् ।

विद्युत व्यापारमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं : विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज काठमाडौंमा बस्दैछ। आज दिउँसो ३ बजे होटल हायातमा बस्ने सह सचिवस्तरीय समितिले भोलि बस्ने सचिवस्तरीय बैठकका एजेण्डा तय गर्ने उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकरी दिए। बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन्। यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत

दुई वर्षपछि पहिलोपटक नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक हुँदै

काठमाडौँ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ को नवौँ बैठक बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ। निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले र भारतको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन्। संयुक्त निर्देशक समिति बैठकको दिउँसो ३ बजे सुरु हुने ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिएका छन्। काठमाडौँको हयात होटलमा हुने […]

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गदै हुनुहुन्छ भने भारतीय […]

नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आजदेखि

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी)को नवौं बैठक आज बुधवार काठमाडौँमा बस्दैछ । निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले तथा भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन् । समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन […]

नेपाल–भारत ऊर्जा बैठक आज

नेपाल–भारत विद्युत् व्यापार तथा संरचना निर्माणका विषयमा छलफल गर्न बुधबारदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक राजधानी काठमाडौँमा बस्दैछ । समितिअन्तर्गतको संयुक्त कार्यदलको बैठक र बिहीबार निर्देशक समितिको बैठक बुधबार बस्ने तय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । बिहीबार हुने निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले गर्नुहुनेछ भने भारतीय पक्षको नेतृत्व त्यहाँको ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नुहुने जनाइएको छ ।

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक

काठमाडौं । २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो । पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६/६ महीना बैठक बस्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता बैठक हुन सकेको थिएन । कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रह गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले फागुन ११ र १२ गते ऊर्जासचिव स्तरीय बैठक हुन लागेको बताए । बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । मन्त्रालयका एक अधिकारीले बैठकमा पेश हुने प्रस्ताव अझै तयार नभएको बताए । ‘दुई देशकै सहमतिमा बैठकमा पेश गर्ने एजेन्डा तय हुने हो । हाम्रो तर्फबाट केही प्रस्ताव पठाएका छौं । सम्भवतः सोमवारको बैठकमा प्रस्तावबारे निर्णय हुन्छ,’ उनले भने, ‘हतारमा बैठक आयोजना हुँदा एजेन्डा फाइनल हुन सकेको छैन । सोमवार नेपालको कानून मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित भारतका सम्बद्ध मन्त्रालयसँग छलफल हुन्छ ।’ बैठकमा नेपालले विद्युत् व्यापार, विद्युत् आदान–प्रदान तथा अन्तरदेशीय प्रसारणलाइनको विषयमा छलफल गर्न खाजेको छ । सोही विषयमा केन्द्रित रहेर नेपालले आफ्नो प्रस्ताव भारत पठाएको स्रोतको भनाइ छ । नेपालमा वर्षाको समयमा ५०० मेगावाट बराबरको विद्युत् खेर जान थालेको छ । तर, भारतले भने त्यो विद्युत् किन्ने सुनिश्चित गरेको छैन । त्यसैले नेपालले विद्युत् व्यापारसँगै विद्युत् आदान–प्रदानको विषयलाई मुख्य प्राथमिकताका साथ छलफल गर्न खोजेको छ । साथै, अन्तरदेशीय प्रसारण लाइनको विषयमा पनि छलफल गर्न खोजिएको स्रोतको भनाइ छ । भारतले भने उक्त बैठकमा जलविद्युत् आयोजनामा संयुक्त लगानी र विकासबारे छलफल गर्न चाहेको छ । बैठकको पहिलो दिन नेपाल भारत ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्यसमूहको बैठक हुनेछ । त्यसमा दुवै देशका ऊर्जा सहसचिव उपस्थित हुनेछन् । त्यसमा नेपालबाट ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत सहभागी हुनेछन् । दोस्रो दिन भने दुवै देशका ऊर्जा सचिवहरूको बैठक हुनेछ । नेपालका ऊर्जा सचिव देवेन्द्र कार्की र भारतीय ऊर्जा सचिव आलोककुमार उक्त बैठकमा उपस्थित हुनेछन् । बैठकले सहसचिव स्तरीय बैठकबाट टुंगो लागेको विषयलाई अन्तिम रूप दिने बताइएको छ ।