नगरकोटमा पर्यटकीय भौतिक संरचना थपिँदै

काठमाडौं । नगरकोटमा थप पर्यटकीय भौतिक संरचनाका काम धमाधम भइरहेको छ । यसका लागि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नपाको सीमाक्षेत्रमा पर्ने नगरकोटमा दुवै जिल्लाका स्थानीय तहले आपसी समन्वयमा संरचना निर्माणमा तीव्रता दिएका छन् । नगरकोटको मुख्यचोक भट्टेडाँडामा निर्माणाधीन बसपार्क क्षेत्रमा चाँगुनारायण नगरको लगानीमा बसपार्क तथा पर्यटकीय सूचना केन्द्र, मण्डनदेउपुर नगरको बजेटबाट ‘सन–सेट पार्क’, झण्डा डाँडामा पार्कसहित ‘भ्यूज स्टेशन’ निर्माण र ९ करोड लागतमा १० लाख लिटरको दुई खानेपानी ट्यांकी निर्माण भइरहेको छ । थप पर्यटकीय संरचना निर्माणमा दुवै जिल्लाका सीमा क्षेत्रमा स्थानीय तहसँग नगरकोट–नाल्दुम पर्यटन विकास समितिले समन्वय गरिरहेको छ । टावरसम्म सडक बत्ती, नयाँ गन्तव्यमा थप संरचना बनाउन होटल व्यवसायीसँग छलफल भइरहेको समितिका सचिव प्रदीप अधिकारीले बताए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फ बनेपा नपा–२ मा हिलेजलजलेमा ताल निर्माणसँगै नगरकोट टावरसँग जिपलाइन र हाइकिङ–टे«ल निर्माण गरिने योजना बनाइएको छ । ‘पर्यटकलाई आकर्षण गर्ने मनोरञ्जन र मनोरम दृश्यलाई समेट्ने खालका योजना बनाउँदै छौं,’ अधिकारीले भने । हिलेजलजलेमा पर्यटकीय कृत्रिम ताल निर्माण गर्न चालू आर्थिक वर्षमा १८ करोड बजेट विनियोजन गरिएको छ । भक्तपुरबाट नगरकोट जाने करीब १७ किलोमिटर मुख्य सडक समयमै पक्की नभएकोमा स्थानीय व्यवसायीले गुनासो गर्दै आएका छन् । उक्त सडकको विकल्पका रूपमा हाल तेलकोटबाट हरिगुरु मार्गबाट आवतजावतका लागि निकै सजिलो भएको छ । करीब २ वर्षअघि नगरकोटस्थित सडक दायाँ–बायाँ सार्वजनिक जग्गामा वर्षौंदेखि बनाइएका टहरा हटाएपछि हाल नगरकोट भट्टेडाँडा बसपार्क निर्माण गरिने भएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र चाँगुनारायण नपा–६ मा निर्माण गरिने बसपार्कको शनिवार नगरप्रमुख सोम मिश्रले शिलान्यास गरेका छन् । हाल ५ करोड ७ लाख ७६ हजार रुपैयाँ लागतमा १ वर्षमा बसपार्कको निर्माण गर्ने सम्झौता गरिएको उनले बताए । ‘नगरकोट क्षेत्रलगायत चाँगुनारायण नगरका मुख्य क्षेत्रमा सार्वजनिक शौचालय पनि बन्नेछन्, जसको निःशुल्क सेवा उपलब्ध हुनेछ,’ उनले भने । उनका अनुसार नगरकोटमा समग्र बसपार्क क्षेत्र विकासका लागि ५५ करोड लाग्ने उनले बताए । बसपार्कका लागि ‘ड्रेनवाल’ निर्माण भइरहेको छ । नगरकोटमा साना–ठूला गरी १०० होटल छन् । करीब ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकतर्फ पर्दछन् । यसमध्ये केही मात्रै चारतारे र तीनतारे स्तरका छन् । नगरकोटमा करीब दर्जन होटल निर्माणाधीन छन् भने त्यति नै संख्यामा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको बताइएको छ । रासस

सम्बन्धित सामग्री

सडक किनारका भौतिक संरचना भत्काउँदै वीरगञ्ज महानगरपालिका

पर्सा– अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सो अभियानलाई निरन्तरता दिएको हो । अभियानकै […]

मापदण्ड विपरीत बनेका भौतिक संरचना महानगरले भत्कायो

काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेका भौतिक संरचना भत्काएको छ ।

लुम्बिनी विकास कोषद्वारा ऐनविपरीत भौतिक संरचना निर्माण

बुटवल– लुम्बिनी विकास कोषले ऐनविपरीत कपिलवस्तुमा भौतिक संरचना निर्माण थालेको छ । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण थालिएको हो । कुनै पनि ऐतिहासिक एवं पुरातात्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो […]

हेटौँडा–१६ मा बागमती सरकारका भौतिक संरचना निर्माण हुने

हेटौंडा : बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–१६ हटियास्थित सार्वजनिक जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गर्ने भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार पत्रकारहरूसँग हेटौँडा–१६ मा रहेको शिवम् सिमेन्टसँगै जोडिएको जग्गामा प्रदेशको भौतिक संरचना निर्माण गरिने जानकारी दिएका हुन्।उनले प्रादेशिक संरचना निर्माणको लागि जग्गा छनोट गरेर स्वीकृतिका लागि संघीय सरकारमा पठाएको जानकारी गराउँदै केही दिनभित्रै अनुमति प्राप्त हुने बताए। प्रादेशिक संरचना

धनकुटा क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने

त्रिभूवन विश्वविद्यालयअन्तर्गतको आंगिक क्याम्पस धनकुटा बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माणमा एक्जिम बैंक अफ इन्डियाले सहयोग गर्ने भएको छ। भारतको एक्जिम बैक अफ इन्डियाको आठ करोड लगानीमा क्याम्पसको प्रशासनिक भवन, कक्षाकोठा...

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत

दमौली- भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष मुद्दाको चाप बढेको तर भौतिक संरचना अभाव हुनु र कम जनशक्तिका कारण सेवा प्रवाहमा कठिनाइ भएको हो । मुद्दा सङ्ख्या बढेअनुसार जनशक्ति थप हुन नसक्दा सेवा प्रवाहमा असहजता हुँदै आएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार […]

मधेस सरकार : भौतिक संरचना निर्माणका लागि सार्वजनिक जग्गाको तथ्यांक खोज्दै

माघ ३ मा प्रदेशको नामकरण र स्थायी राजधानी कायम भएपछि मधेस प्रदेश सरकारले स्थायी भौतिक संरचना निर्माणका लागि जग्गा खोजीलाई तीव्रता दिएको छ । यसका लागि मधेस सरकारले सार्वजनिक जग्गाहरूको तथ्याङ्क उपलब्ध गराउन धनुषा र महोत्तरीका मालपोत कार्यालय, नापी कार्यालय तथा गुठी संस्थानलाई भनेको छ ।मधेस प्रदेश सरकारका लागि भौतिक संरचना निर्माण गर्न गठन गरिएको अध्ययन र व्यवस्थापन समितिले प्रदेशको राजधानीको चार किल्लाभित्र पाँच बिघाभन्दा बढी क्षेत्रफलका सार्वजनिक जग्गाहरूको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको छ

भौतिक संरचना निर्माणमा जोड

इनरुवा । कोशी गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार र विद्युत्सहित भौतिक संरचना निर्माणमा उच्च प्राथमिकत दिएको छ । गाउँपालिका अध्यक्ष अयुव अंसारीले जनमैत्री र सुशासनमा जोड दिएको बताए । उनले भने, ‘विकास निर्माणमा उच्च प्राथमिकता, बजेट विनियोजनमा पारदर्शिता, समाजिक परीक्षण, विभिन्न पूर्वाधार निर्माण, नागरिक बडापत्र कार्यान्वयन गरिरहेका छौँ ।’ उनले गाउँपालिकाले सबै वडामा नागरिककै सहभागितामा […]

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री

सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ