इलाम : पाकिस्तान फुटबलमा फिफाबाट फेरि प्रतिबन्ध लाग्ने खतरा बढेको छ। सैयद असफका हुसेन शाहको निर्वाचित पाकिस्तान फुटबल महासंघ (पिएफएफ) समितिले मुख्य कार्यालय शनिबार कब्जा गरेपछि प्रतिबन्धको खतरा बढेको हो।फिफाले स्थापित गरेको मलिक हारोन नेतृत्वको नर्मलाइजेसन कमिटीलाई हटाउँदै शाहले पिएफएफ कब्जा गरेको हो। नर्मलाइजेसन कमिटी (एनसी) ले नयाँ निर्वाचन गराउनुको साटो आफैं प्रतियोगिता सञ्चालन गरेपछि निर्वाचित समितिले मुख्यालय कब्जा गरेको जनाइएको छ।‘पिएफएफ कार्यालमाथि असफका शा