अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको हो । अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्धमा पछिल्ला वर्ष तनाव बढ्दो छ ।
अफगान समाचार संस्था खामा प्रेसका अनुसार पाकिस्तानी मुद्रामाथिको प्रतिबन्ध अक्टोबर १ तारिख शनिवारदेखि नै लागू भएको हो । तालिवान गुप्तचर निकायले अफगानिस्तानमा आर्थिक लेनदेनमा पाकिस्तानी मुद्रा (रुपैयाँ) को प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध गरिएको घोषणा गरेको छ ।
यो आदेश तालिवानको सम्पत्ति शुद्धिकरण ‘एन्टी मनी ल...