प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले अबको एक/दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौमा भएको एक साक्षात्कारमा बोल्दै नेता लेखकले सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । तर, अब एक/दुई दिनभित्रै सरकारले पूर्णता पाइसक्ने नेता लेखकको दाबी छ ।‘गठबन्धनको सरकार छ । गठबन्धनमा आवद्ध ती दलहरुमा पनि विभाजन भएर आएका दलहरु छन्, उनीहरुलाई संलग्न गराएर सरकार