दैलेख – सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदायले दशैँ नरमाइलो भएकाे बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाले उपलब्ध नगराएको राउटे मुखिया नारायण शाहीले बताउनुभयो ।
दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँकाे तयारी गर्न नपाएको महामुखिया महिनबहादुर शाहीले दुखेसो गर्नुभयाे ।
सङ्घीय बजेटबाट गाउँपालिका हुँदै वडामा ढिला बजेट प्राप्त भएको कारण समयमा सामाजिक सुरक्षा भत्ता दि...