४० शिर्षकमा सीएसआरको रकम खर्च गर्न दिने राष्ट्र बैंकको तयारी, ६० प्रतिशत एकै वर्षमा खर्च गर्नु पर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८  को मस्यौदा तयार पारेको छ।  राष्ट्र बैंकले उक्त मस्यौदामा  परिमार्जन गर्न उपयुक्त हुने विषयका सम्बन्धमा ३५ दिन भित्र राय सुझाव पेश गर्न सरोकारवालालाई आग्रह गरेको छ ।  मार्गदर्शनको मुख्य उद्देश्य वातावरणीय संरक्षण, सामाजिक विकास, वित्तीय साक्षरताको प्रवद्र्धन, वित्तीय समावेशीकरण, विद्युतीय भुक्तानीको प्रवद्र्धन साथैशिक्षा तथा स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान गर्न बैंक तथा वित्तीय संस्थाले मुनाफाको निश्चित अंश संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नु रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । मार्गदर्शनको कार्यान्वयनबाट बैंक तथा वित्तीय संस्थाले गर्दै आएका हुँदै आएका सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च निष्पक्ष र पारदर्शी रुपमा मुलुकभर न्यायोचित ढंगले वितरण हुने, सामाजिक हित प्रवद्र्धन हुनेर बहुउपयोगी कार्यमा स्रोतको प्रभावकारी प्रयोग हुने विश्वास राष्ट्र बैंकको छ ।  “क”, “ख”, “ग” र “घ” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यमा थप क्रियाशील हुन हरेक आर्थिक वर्षको खुद मुनाफाको नेपाल राष्ट्र बैंकले तोकेको प्रतिशतले हुन आउने रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने मस्यौदामा उल्लेख छ । इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले निर्णय गरी नेपाल राष्ट्र बैंकबाट तोकिएको प्रतिशतभन्दा बढी रकम उक्त कोषमा जम्मा गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यमा खर्च गर्न सक्ने उल्लेख छ।मस्यौदा अनुसार प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम चालु आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ । कारणवश ४० प्रतिशत रकम खर्च नभएमा आगामी आर्थिक वर्षमा खर्च गर्नुपर्नेछ ।संस्थाको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि बनाई लागू गर्नुपर्ने र उक्त कार्यविधिमा कोषको रकम खर्च गर्ने अख्तियारी, कार्यक्रम छनौट तथा प्रस्ताव मूल्यांकन गर्ने आधार, कार्यक्रमको विविधीकरणका आधार, भौगोलिक रुपमा कार्यक्रमको वितरणको आधार र आपसी स्वार्थ रहित रुपमा कार्यक्रम छनौट हुने आधार समावेश हुनु पर्ने  उल्लेख छ ।संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट देहायबमोजिमका ४० विषयमा खर्च गर्न सकिने प्रस्ताव गरिएको छ ।शिक्षासंस्थागत विद्यालय तथा कलेजमा अध्ययनरत गरीब, पिछडिएका वर्ग तथा अपाङ्गता भएका जेहेन्दार विद्यार्थीलाई दिइने छात्रवृत्ति । संस्थागत विद्यालय तथा कलेजको भौतिक संरचना निर्माण, मर्मत तथा पुनः निर्माण । संस्थागत विद्यालय तथा कलेजलाई वितरण गरिने कम्प्युटर, प्रोजेक्टर, इन्टर्याक्टीभ स्मार्ट बोर्ड, व्हाइट÷ब्ल्याक बोर्ड, पुस्तक लगायतका शैक्षिक सामग्री तथा विद्यालयका लागि आवश्यक हुने अन्य फर्निचर, फिक्स्चर लगायतका सामग्री ।संस्थागत विद्यालय तथा कलेजमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर, प्राथमिक उपचार लगायतका स्वास्थ्य तथा सरसफाईसम्बन्धी आधारभूत सामग्री ।स्वास्थ्यसंस्थागत स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने स्वास्थ्य उपकरण, औषधी लगायतका अन्य स्वास्थ्य सामग्री तथा उपकरण । संस्थागत स्वास्थ्य संस्थाहरुमा शुद्ध पिउने पानीको व्यवस्था, शौचालय निर्माण वा सुधार, स्यानिटरी प्याड डिस्पेन्सर, स्यानिटाइजर डिस्पेन्सर, मास्क डिस्पेन्सर लगायतका आधारभूत स्वास्थ्य तथा सरसफाई सामग्री । न्यून आय भएका नागरिकको जटिल स्वास्थ्य समस्याको उपचारका लागि कुनै अस्पतालसँग गरिने सहकार्य । निम्न वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक हुने बैशाखी, व्हील चियर, मेडिकल बेड, hearing aid,, जस्ता जिवनोपयोगी सामग्री । ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन ।विभिन्न महामारी तथा प्राकृतिक प्रकोपका समयमा आउन सक्ने चुनौतीको सामना गर्न जनस्वास्थ्यका पूर्वाधार निर्माण । अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदिको सहज आपूर्तिको लागि प्रत्यक्ष रुपमा गरेको खर्च । वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन । मानवीय सहयोग तथा राहत भूकम्प, बाढी, पहिरो, आँधीहुरी, आगलागी लगायतका प्राकृतिक विपत्तिका पीडितलाई वितरण गरिने लत्ता कपडा, खाद्यान्न, औषधी, टेन्ट, भाँडा लगायतका बन्दोबस्तीका सामग्री ।व्यावसायिक रुपमा स्थापना भएका बाहेकका सम्बन्धित सरकारी निकायबाट मान्यता प्राप्त वृद्धाश्रम, बालगृह, अनाथाश्रम, घरवार बिहिनका लागि स्थापना भएको आश्रय स्थल, मानव बेचविखन तथा घरेलु हिंसामा परेकालाई उद्धार गरी संरक्षण गर्ने संस्था लगायतका सामाजिक संस्थालाई गरिने सहयोग ।कुपोषण भएका बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराउँदा हुने खर्च ।विश्व सम्पदाविश्वसम्पदा सूचीमा परेका सम्पदा तथा राष्ट्रिय सम्पदाको जिर्णाेद्धार, मर्मत सम्भार तथा पुनः निर्माण । वातावरणसम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई शहरी वन विकास तथा सार्वजनिक स्थानमा गरिने वृक्षारोपण । सम्बन्धित निकायबाट आवश्यक स्वीकृति लिई सार्वजनिक स्थलमा राखिने वातावरण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री । वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धिकोलागि चेतनामूलक सामग्री निर्माण तथा प्रसारण । सार्वजनिक स्थलमा फोहोर मैला संकलनका लागि राखिनेफोहरदानी ।लोपोन्मुख वन्यजन्तु संरक्षणसँग सम्बन्धित कार्य । प्रदुषण न्यूनीकरण तथा नियन्त्रण हुने जस्ता वातावरणीय परियोजना । वातावरणीय प्रभाव न्यूनीकरणका लागि ग्रामीण क्षेत्रमा गरिने पूर्वाधार निर्माण ।प्रदुषित नदी नालाको पानी प्रशोधनका लागि निर्माण गरिने पूर्वाधार ।हिमालमा जम्मा भएका फोहर व्यवस्थापनका लागि गरिने कार्य ।वित्तीय साक्षरतावित्तीय सचेतनामूलक श्रब्य दृश्य सामग्री निर्माण तथा प्रसारण खर्च ।वित्तीय साक्षरता अभिबृद्धिका लागि ज्ञानवर्धक सामग्रीको निर्माण तथा वितरण ।वित्तीय साक्षरताको लागि प्रदेश तथा स्थानीय निकायसँग गरिने सहकार्य । वित्तीय शिक्षाको लागि गाउँपालिकामा अवस्थित स्कुल कलेजसँग गरिने सहकार्य ।बैंकिंग क्षेत्रसँग अभ्यस्त नभएका लक्षित समुदायमा वित्तीय साक्षरता अभिबृद्धिका लागि गरिने कार्य ।डिजिटल वित्तीय कारोबार सम्बन्धी चेतना अभिबृद्धिका लागि गाउँपालिकाहरुमा गरिने तालिम कार्यक्रम ।नगद रहित कारोबार, प्रबिधिको प्रयोग एवम् बिद्युतीय कारोबार सम्बन्धमा जनचेतना अभिबृद्धि लगायत प्रबर्धनात्मक खर्च ।नेपाल राष्ट्र बैंकले जारी गरेको Financial Literacy Framework अनुसारका लक्षित वर्गका लागि प्रदान गरिने दुई दिन वा सो भन्दा लामो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च ।दिगो विकास लक्ष्यदिगो विकास लक्ष २०१६–२०३० ले पहिचान गरेका क्षेत्रहरुमा तोकिएका लक्ष्यहरुको प्राप्तिमा सहयोग हुने गरी गरिने खर्च ।अन्यट्राफिक व्यवस्थापन तथा यात्रु प्रतीक्षालय, सडक बत्ती, सार्वजनिक शौचालय लगायतको निर्माण, पुनः निर्माण तथा संरक्षणमा गरिने खर्च ।बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीको सन्तानका लागि Child Day Care Centre सञ्चालन वापत लाग्ने खर्च ।“खोलौं बैंक खाता अभियान” अन्तर्गत खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रति खाता रु. १०० (एक सय) सम्मको खर्च रकम ।राष्ट्रिय महत्वका आविष्कार केन्द्रलाइ प्रदान गरिने रकम ।संस्थामा कार्यरत कर्मचारीको लागि महामारीजन्य रोगबाट सुरक्षित राख्न, रोकथाम गर्न तथा उपचार गर्दा लाग्ने (वास्तविक बिल बमोजिमको) खर्च ।राष्ट्र बैंकले समय समयमा तोकिदिएको अन्य क्षेत्रहरुमा गरिएको खर्च ।बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफ्नो कार्यक्षेत्र भित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकतामा राखी न्यायोचित ढङ्गले खर्च गर्ने व्यवस्था मिलाउनु पर्नेछ । वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्नेछ ।मस्यौदा अनुसार इजाजतपत्रप्राप्त संस्थाले गरेका देहायबमोजिम खर्चहरु कुनै पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत पर्ने छैनन्ः संस्थाको ब्राण्ड प्रवद्र्धन तथा बजार विस्तार गर्ने हेतुले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग,  नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, ¥याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्च ।संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च । व्यापार विस्तारको शर्त राखी गरिएका खर्च ।मस्यौदा अनुसार कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पाइने छैन । यस बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आपसी सहमतीमा कुनै विशेष सार्वजनिक महत्वको कार्य गर्ने भएमा यस बैंकको पूर्व स्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सकिनेछ ।

सम्बन्धित सामग्री

‘नास्तिकता प्रवर्द्धन’ मा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती

मानववादी समाज (सोच) नेपालले धर्म परिवर्तन र अनास्था फैलाउने प्रयोजनमा अमेरिकी रकम खर्च गरेको प्रमाणित गर्न चुनौती दिएको छ।...

चिसोबाट नागरिकलाई बचाउन रकम खर्च गर्ने अख्तियारी प्रदान

काठमाडौँ,८ पुष । सरकारले शीतलहर, हिमपात तथा अत्यधिक चिसोबाट नागरिकलाई बचाउन जिल्लामा रहेको विपद् व्यवस्थापन कोषबाट खर्च गर्ने गरी विभिन्न जिल्लालाई अख्तियारी दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले आज मन्त्रीस्तरीय निर्णयबाट शीतलहर, हिमपात तथा अत्याधिक चिसो हुने २० जिल्लालाई तीन तहमा विभाजित गरी सोहीअनुरुप वितरण गर्ने अख्तियारी प्रदान गरेको हो । मन्त्रिपरिषद्बाट शीतलहर, हिमपात तथा […]

पाँच महिनामा चार खर्ब बढी रकम खर्च

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालू आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखबराबरको बजेट ल्याएको थियो । जसमध्ये मंसिर मसान्तसम्ममा चार खर्ब ३५ अर्ब २१ करोड ११ लाखबराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । […]

चितवनमा विकास बजेटको झन्डै आधा रकम खर्च भएन

काठमाडौँ,१६ साउन । चितवनमा विकास निर्माणका लागि विनियोजन भएको बजेटको ५३ प्रतिशतमात्रै खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको वार्षिक प्रतिवेदनअनुसार सङ्घ र प्रदेशको पूँजीगत बजेटमा झण्डै आधा रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि रु १३ अर्ब ३९ करोड ६२ लाख […]

राज्यको ढुकुटीको रकम खर्च गर्न नसक्दा आर्थिक संकट आयो : अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राज्यको ढुकुटीमा रहेको रकम खर्च गर्न नसक्दा देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन् । अहिले देशको अर्थतन्त्रमा गम्भीर समस्यामा आइपरेकोले समयमै समाधान नखोजिए मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा जानसक्ने संभावना औंल्याए ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई बुधबार जनकपुरमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले कोरोना महामारीले […]

लामखुट्टे नियन्त्रणमा लाखाैँ रकम खर्च हुँदा पनि लामखुट्टेको आतंक जारी

जनकपुर : जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका नाममा लाखाैँ रकम खर्च गरे पनि नगरभित्र लामखुट्टेको आतंक जारी रहेको  छ।जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणका लागि खर्च गरिरहँदा पनि लामखुट्टे नियन्त्रण हुन नसकेकाे हो।उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ।नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १ सय ३१, ०७७–०७८ मा २३ लाख २४ ह

कहाँ हुन्छ ‘कन्टिन्जेन्सी’ रकम खर्च ?

वर्क चार्ज, स्टाफ र सानातिना अन्यमा खर्च हुन्छ । वर्क चार्ज र स्टाफ खर्च भन्नाले निर्माण कार्यको सुपरिवेक्षण र सोसँग प्रत्यक्ष रूपमा सम्बन्धित कर्मचारी खर्च, अपरेटर तथा सवारी चालक खर्च, सवारी साधन तथा मेसिनरी औजार, उपकरणको भाडा तथा मर्मत सम्भार कार्यका लागि गरिने खर्चहरु निर्माण कार्यको कन्टिन्जेन्सी रकम सम्बन्धित बोलपत्र वा प्रस्ताव तयारी, परामर्श सेवा, […]

आइएनजिओहरुले आउँदो वर्ष बजेट बाहिरबाट नेपालमा १६ अर्बभन्दा बढी रकम खर्च गर्ने

काठमाडौं। गैरसरकारी संस्थाहरुले आउँदो आर्थिक वर्ष २०७८/७९ मा नेपालमा बजेट बाहिरबाट १६ अर्ब २० करोड ८२ लाख ५० हजार रुपैयाँ खर्च गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार उनीहले १२६ वटा आयोजनामार्फत उक्त रकम खर्च गर्न लागेका हुन्। आइएनजिओहरुले प्राविधिक सहायताअन्तर्गत उक्त रकम खर्च गर्ने अर्थ मन्त्रालयले जनाएको छ। आइएनजिओहरुले बजेट बाहिरबाट नेपालका ७७ वटै जिल्लामा रकम खर्च गर्दैछन्।