रुसले विदेशी नेताहरुलाई प्रभावित पार्न ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकाको आरोप

रुसले विदेशी नेताहरुलाई प्रभावित पार्नको लागि ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकाले आरोप लगाएको छ । रुसले सन् २०१४ देखि विश्वका २४ वटा  देशमा राजनीतिक नेताहरूलाई प्रभावित पार्न गोप्य रूपमा ३० करोड अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेको अमेरिकी गुप्तचर निकायको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले रुसको यो काम एउटा ठूलो योजनाको सानो झलक भएको हुनसक्ने बताएको छ । यसबारेमा रुसले कुनै सार्वजनिक प्रतिक्रिया दिइसकेको छैन । अमेरिकाले कुनै देश तथा व्यक्तिको नाम उल्लेख नग...