श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको विकास निर्माणमा आफू दिनरात नभनी लागेको बताएका छन् । तनहुँको भानु नगरपालिका–३ चाम्बासमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सबै क्षेत्रको विकासका आफू लागि परेको बताए ।
“विकास निर्माणमा कसैलाई पनि भेदभाव गर्दिन, सबै क्षेत्रमा समानुपातिक हिसाबले काम गर्छु”, मन्त्री श्रेष्ठले भने, “विकास निर्माणमा राजनीति गर्ने होइन, सहकार्य गर्ने हो ।” मन्त्री श्रेष्ठले चाम्बासमा रिङरोड निर्माणका लागि यसै वर्ष बजेट विनियोजन गर...