विदुर नगरपालिकाभित्र बृहत् खानेपानी आयोजना सञ्चालनका लागि तेस्रो साना शहरी खानेपानी आयोजनामार्फत भइरहेको पाइप विस्तारको काममा अनियमितता भएको उपभोक्ताले गुनासो गरेका छन् । करिब ८१ करोडको लगानीमा निर्माणाधीन सो आयोजनामा अनियमितताको विवाद भएपछि काम प्रभावित भएको छ । आयोजनाअन्तर्गत उपभोक्ताको घरसम्म विस्तार गरिएको पाइपको मोटाई तोकिएको भन्दा कम र बिछ्याउन कम गहिराइको खाल्डो खनिएकाले छानबिनको…