कोभिड–१९ का कारण झण्डै २ वर्ष थलिएका इलामका होटल दशैं नजिकिँदै गर्दा भरिभराउ हुन थालेका छन् ।
कोभिड संक्रमणदर न्यून हुँदै गएपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको होटल व्यवसायी बताउँछन् ।
सरकारले तय गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी इलाममा करोडौं रुपैयाँ खर्चेर नयाँ–नयाँ होटल समेत शुरू भएका थिए तर कोभिडका कारण बन्दाबन्दीको अवस्था आएपछि धराशयी बनेका होटललाई यस वर्षको दशैं नजिकिँदै गर्दा केही सहज हुन थालेको सदरमुकामस्थित ग्रिन सिटी होटल सञ्चालक शारदा पराजुलीले बताए ।
‘गत वर्ष र यो ...