धनीको दशैं, गरिबको दुःख

दशैं एउटा मनाउनको लागि मनाइने पर्व मात्र नभएर नेपाली मौलिकता, नेपाली स्वाभिमान, नेपाली गौरव, नेपाली पहिचानको एउटा शक्तिशाली विम्ब समेत हो । विश्वसामु गौरव गर्ने र पहिचान दिलाउने सांस्कृतिक धरोहर दशैं नै हो भन्दा हुन्छ । नेपाली जहाँ पुगोस्, जे–जस्ता दुःख–वेदना र कर्महरू गर्न पुगोस्, जे–जस्तो वातावरणमा खुम्चन पुगोस्, कम्युनिष्ट बनोस् या क्रान्तिकारी उसको निम्ति दशैं जीवनको अमूल्य अंग नै बन्ने गर्छ ।