विवेकशील साझा पार्टी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले बजेटको प्राथमिकताको क्षेत्र खोज्नु भन्दा पनि बजेट खर्च तर्फ ध्यान दिनु पर्ने बताएका छन् ।उनले शनिबार बसको प्रदेशसभाको तेस्रो बैठकमा सरकारले प्रस्तुत गरेका आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि आफ्नो धारणा राख्दै प्रदेश सरकारको बजेट खर्च गर्न नसकेका कारण योजनाहरू प्राथमिकतामा पर्न नसकेको बताएका हुन् । उनले सरकारले बजेट खर्च गर्न नसक्नुको कारण खोज्नु पर्ने अवस्था आएकाले त्य