‘जीवनलाई सहज बनाएर हैन, बरु जोखिम मोलेर मानिस जनावरको स्तरबाट माथि उठ्न सक्छ ।’ –सिमोनम सानैदेखि केही गरौं भन्ने स्वभावको मान्छे थिएँ । त्यसैले होला, १४ वर्षको उमेरमै मैले गाउँमा क्लबको नेतृत्व गर्ने अवसर पाएँ । समय क्रमसँगै मैले राष्ट्रिय युवा संगठन नेपाल, युवा महासंघ, सार्क युथ फेडेरेशन, सुशासन महांसघ, सुशासन महाअभियानलगायत आजसम्म आइपुग्दा झण्डै आधा दर्जन राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–संस्थाको नेतृत्व गर्ने अवसर पाएँ । हाल म वैज्ञानिक खोज, अनुसन्धान, अन्वेषण र प्र