काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मिश्रित मत परिणाम आउन थालेपछि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम एकताको प्रसंग कोट्याए। ०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकतापछिको परिणाम स्मरण गर्दै उनले फेरि वाम एकता गरे सबैलाई फाइदा पुग्ने औँल्याए। एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको साविक (नेकपा)को एकता भंग भएपछि संसदमा एमालेले गरेको अवरोध हटेयता उनले फेसबुकमा लेखेका थिए, ‘अन्ततः एमालेले लामो निरर