काठमाण्डाै – भारतबाट आउने बिजुली कटौती हुँदा नेपालका उद्योगमा बिजुली दिन समस्या भएको छ । रुस–युक्रेन युद्धका कारण भारतले कोइलाबाट बिजुली उत्पादनमा कमी ल्याएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनदेखि उद्योगमा बिजुली अनियमित भइरहेको जानकारी दिनुभयो । भारतबाट बिजुली पाएको बेला उद्योगलाई दिएको र नपाएको बेला कटौती भएको घिसिङको भनाइ छ ।‘बिजुली पाएको बेला दिइरहेका छौँ । भएन भने अघिल्लो दिन बेलुका ६ बजे भोलि यो–यो हु...