जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिबाट निलम्बनमा परेका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पार्टीको निर्णयलाई सम्मान गर्दै थप छानविनका लागि माग गरेका छन् । हिजो सम्पन्न जसपाको कार्यकारिणी समितिको बैठकले सांसद यादवलाई पार्टीको अनुशासन विपरित काम गरेको आरोपमा केन्द्रीय समितिबाट निलम्बन गरेको थियो । मन्त्री पद नपाएको भन्दै पार्टीको झण्डा जलाएको, पार्टी कार्यालय तोडफोड गरेको आरोप प्रदीप यादवमाथि छ । कारवाहीमा परेका प्रदीप यादवले भने, ‘पार्टीले गरेको निर्णयलाई सम्मान गर्छु तर ज