सांसद नरहेका मन्त्रीलाई काममा रोक लगाउने सर्वोच्चको आदेशपछि एमाले प्रवक्ताको प्रतिक्रिया– 'आदेशको सम्मान गर्छौं'

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सांसद पद नरहेका मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको आदेशको सम्मान गर्ने बताएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकपछि पत्रकारले सोधेको प्रश्नमा सरकारका मन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले अदालतको निर्णयको सम्मान गर्ने बताएका हुन् ।  ‘मैले पनि भर्खरै थाहा पाएँ । अदालतको आदेशका बारेमा हाम्रो सधैँ एउटै प्रतिक्रिया रहन्छ । कतिपय हाम्रा फरक राय हुन सक्छन्, तर अदालतको फैसलाको सम्मान गर्छौं,’ ज्ञवालीले भने ।  प्रधान...