नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
विप्लव श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए । श्रेष्ठले विप्लवलाई अंकमाल गरेर स्वागत गरेका थिए ।
माओवादी केन्द्रसँग एकता गर्न पनि सकिने अभिव्यक्ति दिएपछि विप्लवले माओवादीका नेताहरूसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
शुरूमा कार्यगत एकता गर्ने र पछि पार्टी एकता हुन सक्ने विप्लवले बताउँदै ...