जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा पूर्व कर्मचारीले दोस्रो चरणको आन्दोलनमा तालाबन्दी गरेका छन् । रेल्वे कम्पनीले पुराना कर्मचारीलाई बिनाकारण निकालेको भन्दै रेल्वेका पुरानो कर्मचारी सङ्घर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल्वे स्टेशनमा रहेको नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेको हो ।