नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा झा नियुक्त

काठमाडौं : नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा निरञ्जन झा नियुक्त भएका छन्।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता झालाई नेपाल महाप्रबन्धक पदमा नियुक्त गरेको हो। सप्तरी निवासी झा माधव कुमार नेपाल निकट हुन्।केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेको  माधव नेपाल समूहले धमाधम नियुक्ति पाउन थालेको छ। यस्तै बिहीबार नै  बागमती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर माधव ने

सम्बन्धित सामग्री

विज्ञापन रद्द भएको झण्डै अढाइ वर्षपछि नेपाल रेल्वे कम्पनीले दस्तुर फिर्ता गर्ने

जनकपुरधाम- नेपाल रेल्वे कम्पनी लिमिटेडले विज्ञापन रद्द भएको झण्डै अढाइ वर्षपछि दस्तुर फिर्ता गर्ने भएको छ। नेपाल रेल्वे कम्पनीले २०७७ साल भदौ २९ गते विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो। पछि विज्ञापन रद्द भए पनि दर्खास्त भर्नेले सो वापतको दस्तुर फिर्ता पाएका थिएनन्। सोमबार नेपाल रेल्वे कम्पनीले सूचना प्रकाशित गर्दै […]

जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक विस्तारमा मुआब्जा विवाद चर्कियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका हुन् । रेल्वे पीडित संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर था

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम, माघ १५। नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन […]

महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित

जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा नियुक्त १५१ जना कर्मचारीलाई बिना जानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुराना कर्मचारी आन्दोलित भएका छन् । रेल्वे कर्मचारी संघर्ष समितिले शुक्रबार जनकपुरधामस्थित नेपाल रेल्वे कम्पनीको कार्यालयमा तालाबन्दी गरेका छन् । सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत मञ्जय गोइतले दुई हप्तादेखि धर्ना, प्रदर्शन गर्दै […] The post महाप्रबन्धकले हटाएपछि रेल्वे कम्पनीका ज्यालादारी कर्मचारी आन्दोलित appeared first on राजधानी राष्ट्रिय दैनिक.

रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिने पक्राउ

काठमाडौं : जागिरको बहानामा नेपाल रेल्वे कम्पनी लिमिटेडको नक्कली नियुक्ति पत्र दिएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–७ दनौलीका ३२ वर्षीय सागरकान्त चौधरी छन्। उनलाई जनकपुरधाम उपमहानगरपालिका–८ सीता प्यालेस होटल अगाडिबाट आइतबार पक्राउ गरेर प्रहरीले आज सार्वजनिक हो।चौधरीको साथबाट लोकसेवा आयोग नियुक्ति नतिजा प्रकाशन शाखा र नेपाल रेल्वे कम्पनी लिमिटेडको नामबाट विभिन्न व्यक्तिलाई दिन राखेको नक्कली नियुक्तिपत्र बरामद गरिएको प

रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

काठमाडौं, असोज ९ । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय […]

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धन

माधव नेपाललाई सत्ताकाे भाग, रेल्वे कम्पनीकाे महाप्रवन्धक पनि पाेल्टामा

काठमाडौँ – सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेता झालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका महाप्रबन्धक गुरु भट्टराईलाई अहिलेको सरकारले स्पष्टीकरण सोधेको थियो। तर उनले स्पष्टीकरण जवाफ नदिएर राजीनामा […]

नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा निरञ्जन झा नियुक्त

जनकपुरधाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेकपा एमाले समाजवादीका नेता निरञ्जन झा नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले झालाई उक्त पदमा नियुक्ती गरेको हो ।

जयनगर–जनकपुर रेल्वे ट्र्याकमा ‘स्पीड’ परीक्षण गर्ने तयारी

काठमाण्डाै – सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि भोलि रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने तयारी भएको छ ।जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो । उहाँले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध समेत गर्नुभएको छ । ट्र्याक आसपासका बस्तीमा माइकिङ समेत गरिएको छ ।