जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक विस्तारमा मुआब्जा विवाद चर्कियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् ।बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि रेल्वे कम्पनीले दस लाख रुपैयाँमात्रै दिएर ठगी गरेको आरोप लगाएका हुन् । रेल्वे पीडित संघर्ष समितिका अध्यक्ष ज्ञानबहादुर था