नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धन

सम्बन्धित सामग्री

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, कार्गो पनि सञ्चालन गर्ने तयारी

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए ।  ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौं,’ महाप्रबन्धक झाले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए ।    कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ,’ नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।’   मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले बताए । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताए । तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी शुरु गरिएको महाप्रबन्धक झाले बताए ।  नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिंदै आएका छौं ।’ भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौं,’ उनले भने ।  ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु १०–१२ करोडभन्दा बढी रकम बचत हुनसक्छ,’ महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौं, नेपालमै वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौं ।’     नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।  ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौं, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौं,’ उनले भने, ‘स्थायी कर्मचारीको सङ्गठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ ।’  जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ ।  रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।  भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरीद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । रासस

नेपाली रेल चढ्न पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने !

जनकपुरधाम – नेपाली रेल सर्वसाधारणका लागि सञ्चालन गरिने भएको छ। फागुनदेखि नै ड्राइरन सञ्चालन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आइतबारदेखि सर्व साधारणहरुका लागि रेल सञ्चालन गर्न लागेको हो। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शनिबार रेल उद्घाटन गर्न लागेका हुन्। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलमा भने सुरक्षा दृष्टिले […]

रेल्वे अध्यादेश : रेल दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाखसम्म क्षतिपूर्ति

रेल दुर्घटनाबाट मृत्यु भएमा मृतकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने कायम गरेको छ । नेपालभित्र र नेपाल बाहिरसमेत नेपाली रेल दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई रकम नै उल्लेख गरेर क्षतिपूर्ति र राहतको व्यवस्था मिलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दुर्घटनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्षतिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ । रेल दुर्घटनामा क

नेपाली रेल आजदेखि सञ्चालन

जनकपुरधाम । नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको रेल सञ्चालन गर्न लागिएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा […]

आजदेखि यात्रु विना नै खाली रेल कुदाइँदै

काठमाण्डाै - धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो ।  भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ ।  उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ ।  रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरद...

नचल्ने रेल किन्नु र कर्मचारीलाई तलब खुवाउनु भ्रष्टाचार होइन ?

तत्कालीन ओली सरकारको नारा नै रेल र पानी जहाज थियो । ओलीले यही भाषण गरेर निर्वाचनमा बहुमत ल्याएका थिए । त्यसैले राजनीतिक नारा पूरा गर्ने नाममा यी दुई कुराका लागि राज्यले व्यर्थको खर्चको भारी बोक्नु परेको छ । कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल गुडाउनका लागि दुई सेट रेलको बोगी तथा ४ सेट इन्जिन जनकपुरधाम ल्याइएको थियो । गतवर्ष असोज २ गते भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा पुगेको थियो । एक अर्बको लागतमा किनिएको दुवै सेट रेलको ट्रायल गरिएको १ वर्षपछि पनि सञ्चालनमा आउने भने कुनै छाँटकाँट देखिँदैन । रेल सेट जनकपुरधाम ल्याइँदा उत्साहित हजारौंको भीड रेलवे स्टेशनमा जम्मा भएको थियो । रेलमा १३०० सीट क्षमता छ । लगभग १ अर्बको लागतमा किनिएको ती रेल सेटहरू ट्रायलपछि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखियो । पालले ढाकेर राखिएको रेलको पाल च्यातिँदै गएको छ । इन्जिनमा खिया लाग्न थालेको छ । यसको सञ्चालनमा ढिलाइ भए चलाउँदै नचलाई मरम्मत गर्नुपर्ने हुन्छ । साथै रेल नगुड्दा ठाउँ ठाउँमा रेलवे लिकका क्लिपहरू समेत चोरी भइरहेका छन् । यसरी हतारमा रेल ल्याउनुको प्रयोजन के हो त ? चलाउन नसक्ने रेल ल्याएर १ अर्ब खेर फाल्नु जनताले तिरको करको दुरुपयोग हो । एक सयभन्दा बढी कर्मचारी पालेर यसका हाकीमले ठूलो तलब खाएर जनताको करको दुरुपयोग भएको छ । यसरी विनायोजना र तयारी रेल किन्नु भ्रष्टाचार नै हो भन्न सकिन्छ । कानुनी तथा प्राविधिक जटिलताका कारण तत्काल रेल सञ्चालन हुने अवस्था छैन । कानून बनाउने काम सरकरको हो र त्यसलाई संसद्ले पारित गर्ने हो । तर, सरकारले अत्यावश्यक कामै नगरी प्रचारबाजीका लागि यसो गरेको देखिन्छ । त्यसो त प्रचारकै लागि निर्माण सम्पन्न नभएको धराहरा र मेलम्चीको समेत उद्घाटन गरेर ओलीले प्रचारको मोह देखाएकै हुन् । भारतीय निर्माण कम्पनीले भौतिक संरचनाहरू नेपाललाई हस्तान्तरण नगरेकाले पनि रेल गुडाउन समस्या भइरहेको बताइन्छ । भाडा निर्धारण, यात्रु बीमा, दुर्घटना लगायतका विषयमा समेत निर्णय भएको छैन । रेल सञ्चालन हुनेबित्तिकै कानूनको आवश्यकता हुन्छ । तर, संसद्बाट यो पास भइरहेको छैन । रेल ल्याउने ओलीको पार्टी प्रतिपक्षमा छ र उसले संसद् चल्न दिइरहेको छैन । यसरी एमालले दोहोरो रूपमा गलत काम गरेको देखिन्छ । रेल सञ्चालनको प्राविधिक सहयोगका लागि नेपाल सरकार अनिच्छुक देखिएको भन्दै भारतको कोंकण रेलवे कम्पनीले केही साता अगाडि मात्रै सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिएको समाचार पनि आएको छ । सम्झौताअनुसार नेपाल सरकारले रकम भुक्तानी नगरेको भन्दै कोंकणको भनाइ छ । नेपालको रेलको ब्रोडगेज इन्जिन आइरहेको समाचार सुनेलगत्तै सर्वसाधारणमा उत्साह देखिएको थियो । त्यसले रेल भित्रिँदा हजारौंको संख्यामा सर्वसाधारण जम्मा भएका थिए । अब रेल गुड्ने आशा फेरि निराशामा परिणत हुन थालेको स्थानीयको भनाइ छ । जनताले तिरको करबाट किनिएका यति महँगो रेल त्यसै थन्किएको छ तर कसैलाई चासो छैन । त्यसो त नेवानिले वाइडबडी जहाज ल्यायो त्यो पनि नउडेको बसेको छ । चीनबाट ल्याएका ६ ओटा साना जहाज नउडेको वर्षौं भयो । यस्ता अनगिन्ती विकृति छन् । कर्मचारी छन्, कार्यालय छ, तलबभत्ता खान्छन् तर जिम्मेवारीअनुसार काम गर्दैनन् । मुलुकको अर्बौ लगानी खेर फाल्छन् । अर्र्बाैंको आर्थिक लाभको अवसर गुमिरहेको छ । देशको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ तर कसैलाई लज्जाबोध पनि छैन । त्यसैले यी सबै काम भ्रष्टाचार हुन् र यस्ता भ्रष्टाचारीलाई कारबाही गर्नैपर्ने छ । जनताले अरूथोक गर्न नसके पनि बहिष्कार त गर्न सक्छन् नि ? अब पनि जनता जाग्ने बेला भएन र ? ओम त्रिपाठी ट्यांग्लाफाँट, कीर्तिपुर ।

पारवहनमा प्रतिस्पर्धा

नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएपछि नेपालले आफ्नै रेल तथा वागन प्रयोग गरी भारतको कोलकाता र हल्दिया बन्दरगाहबाट सामान ढुवानी गर्न पाउने भएको छ । त्यस्तै भारतीय रेल कम्पनीहरूले पनि भारतीय बन्दरगाहबाट नेपालसम्म सामान ढुवानी गर्न पाउने भएकाले यस्तो ढुवानीमा कन्टेनर कर्पोरेसन अफ इन्डिया –कोन्कर) को एकाधिकार तोडिएको छ । यसले पारवहन लागत घट्ने आधार तय गरेको छ । तर, यसको कार्यान्वयनमा सम्भाव्य व्यावहारिक कठिनाइलाई हेर्दा नेपालले यसबाट फाइदा नपाउन पनि सक्ने देखिन्छ । व्यापार लागत कम हुने गरी संशोधित व्यवस्था कार्यान्वयन गराउन चुनौतीपूर्ण नै छ । सपिङ कम्पनीले वीरगञ्ज सुक्खाबन्दरगाहसम्म सीधै सामान पठाउने हुँदा प्रतिस्पर्धाको लाभ आयातकर्ताले नभई सिपिङ कम्पनीले लिन सक्ने अवस्था देखिन्छ । नेपालको सिमानासम्म भारतीय कम्पनीहरू आउन सक्ने तथा कोलकाता र हल्दिया बन्दरगाहसम्म नेपाली रेल पनि जान सक्ने व्यवस्था एक कदम प्रगति हो । नेपालले १० वर्ष अघिदेखि उठाउँदै आएको मागलाई अहिले भारतले सम्बोधन गरेको छ । तर, विशाखापत्तनम् बन्दरगाहलाई संशोधित सुविधामा नपारिँदा अपेक्षित लाभ लिन कठिन हुने देखिन्छ । नेपाल भारतबीच सम्झौता भएसँगै भारतीय चारओटा रेल कम्पनीहरू नेपालसम्म ढुवानीका लागि तयार भएका छन् । यसले ढुवानी कम्पनीहरूबीच प्रतिस्पर्धा हुन्छ । नेपाल आउने कार्गोका लागि स्वीकृति दिएका बन्दरगाहबाट सामान ल्याउन सहज हुन्छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनमा साझेदारी गरिहेको कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले तत्कालै रेलसेवा सञ्चालनको तयारी थालेको छ । बन्दरगाह सञ्चालन गर्ने र ढुवानी पनि गर्ने एउटै कम्पनी हुँदा नयाँ व्यवस्थाको लाभ आयातकर्तालाई नहुन पनि सक्छ । अर्थात् यसले पारवहन लागत नघट्न पनि सक्छ । यसको कार्यान्वयनमा सतर्कता अपनाउनु जरुरी देखिन्छ । सिपिङ कम्पनीले वीरगञ्ज सुक्खाबन्दरगाहसम्म सीधै सामान पठाउने हुँदा प्रतिस्पर्धाको लाभ आयातकर्ताले नभई सिपिङ कम्पनीले लिन सक्ने अवस्था देखिन्छ । त्यसैले यसको कार्यान्वयन नेपाली व्यवसायीलाई लाभ हुने गरी गर्नु आवश्यक छ । ढुवानीका लागि अहिले दिइएको सुविधामा विशाखापत्तनम् बन्दरगाह भने परेको छैन । अहिले नेपालको समुद्रपार व्यापारको झन्डै ४० प्रतिशत अंश यसै बन्दरगाहबाट हुन थालेको छ । नेपालले यो सुविधा भारतसँग माग गरेको समयमा विशाखापत्तनम्बाट आयात खासै हुँदैनथ्यो । तर, अहिले यहाँबाट हुने आयातको परिमाण निकै भए पनि नेपाली अधिकारीहरूले विशाखापत्तनम्को विषयमा ध्यान जान नसकेको देखिन्छ । त्यस्तै, नेपालको रेलसेवा भारतको कोलकाता र हल्दिया बन्दरगाह जान सक्ने व्यवस्था गरिएको छ । यो सकारात्मक पक्ष हो । तर, यसमा निजी कम्पनीलाई समावेश गरिएको छैन । सरकारी कम्पनीले रेल किनेर ढुवानी गर्ने योजना र सोच अहिलेसम्म पाइएको छैन । सोचै भए पनि त्यो यथार्थमा परिणत हुन कठिन नै देखिन्छ । भारतसँग किनिएका दुईओटा रेल थन्किएर बसेकाले नेपाल सरकारले ढुवानीका लागि रेल सञ्चालन गर्ला भनेर आशा गर्न सक्ने ठाउँ देखिँदैन । अर्को कुरा, सर्वसाधारणका लागि रेल सञ्चालन गर्दा आर्थिक लाभभन्दा पनि प्रचारको लाभ बढी हेरिएको छ । ढुवानीका लागि रेल सञ्चालन गर्दा लोकप्रियतामा खासै नपर्ने हुनाले सरकारले यो काम गरिहाल्ला भन्न सकिँदैन । तर, नेपालका निजी कम्पनीहरूलाई यो सुविधा दिएको भए उनीहरूले कम्पनी खोल्ने वा भारतीय कम्पनीसँग साझेदार गर्न सक्ने सम्भावना थियो जसको लाभ नेपाली पक्षले पाउन सक्थ्यो । विराटनगर र वीरगञ्जबाहेक अन्य नाकामा पनि रेलवेको पूर्वाधार बनाउनु आवश्यक देखिन्छ । नेपालको सीमामा ५/१० किलोमीटर मात्रै भए पनि रेलवे सञ्चालन भएमा ढुवानीका लागि पूर्वाधार तयार हुन्छ, त्यहाँ आधारित रेल भारतका धेरैजसो बन्दरगाहसम्म जान पाउँछन् । धेरै सीमाक्षेत्रमा यस्तो पूर्वाधार बनेमा रेलवेबाट हुने ढुवानीमा साँचीकै प्रतिस्पर्धा हुने देखिन्छ । नेपालले यसका लागि राम्रो तयारी गर्नुपर्छ ।

आगामी आर्थिक वर्षमै नेपाली रेल चल्ने

काठमाडौं :  सरकारले आगामी आर्थिक वर्षमा नेपाली रेल चल्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संसद बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले रेल सञ्चालन हुने बताएकी हुन्। ‘यसै आर्थिक वर्षदेखि जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने गरी काम भइरहेको छ,&rsq...