विधान मस्यौदामा सहमति, कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामा केन्द्रीय समितिमा सहमति भएको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई/दुई गरी आठ जनाको पदाधिकारी बनाउने सहमति भएको नेता अर्जुनरसिंह केसीले बताए। कोषाध्यक्ष भने केन्द्रीय समितिबाट मनोनीत गर्ने बताइएको छ। पदाधिकारी सरहको प्रवक्ता पनि मनोनीत गर्ने सहमति भएको नेता केसीले ज...

सम्बन्धित सामग्री

हुम्लाको मानसरोवर क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध

सिमकोट – हुम्लाको मानसरोवर बहुमुखी क्याम्पसमा स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। क्याम्पसले मंगलबार स्ववियु पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अनेरास्विवियु (क्रान्त्रिकारी)ले सहमति गरी संयुक्त रुपमा पद बाँडफाँट गर्दै उम्मेदवारी दर्ता गराएका थिए। क्याम्पस प्रमुख दिपक भण्डारीका अनुसार त्यसविरुद्ध उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा […]

तीन पूर्वमाओवादी नेता एमाले पदाधिकारी निर्वाचित

चितवन : नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनबाट पूर्वमाओवादीका तीन जना नेता पदाधिकारी निर्वाचित भएका छन्। केपी ओलीको प्रस्तावित सूचीमा रहेका रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझी विजयी भएका हुन्। बादल उपाध्यक्ष तथा भट्ट र रायमाझी सचिव पदमा निर्वाचित भएका हुन्। ६ जना उपाध्यक्ष चाहिनेमा बादल छैटौं नम्बरमै निर्वाचित भएका हुन्। यसअघि घनश्याम भुसालको उम्मेदवारीले वादल पराजित हुन सक्ने आशंका पनि गरिएको थियो।  सात जना आवश्यक सचिव पदमा भट्ट पाँचौं र रायमाझी छै

निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण चितवनमा नै गर्ने तयारी

नेकपा एमालेले १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण चितवनमा नै गर्ने तयारी गरेको छ । शपथग्रहण कार्यक्रम मंगलबार २ बजेलाई गर्ने तयारी गरे पनि मत परिणाम आइनसकेका कारण केही ढिलाइ हुने एमाले नेता आनन्दप्रसाद पोखरेलले जानकारी दिए । नेतृत्व चयनका लागि भएको मतदानको मतगणना यतिबेला जारी रहेको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

कांग्रेस खोटाङको क्षेत्रीय अधिवेशनबाट पदाधिकारी निर्वाचित

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खोटाङका प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट पदाधिकारी चयन भएका छन् ।  हलेसीमा शनिवार बिहान सम्पन्न अधिवेशनको मत परिमाण अनुसार निर्वाचन क्षेत्र नं १ (क) को सभापतिमा राजेन्द्र राई निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई तथा सह–सचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल निर्वाचित भएका छन् ।  त्यस्तै निर्वाचन क्षेत्र नं २ को (ख) को सभापतिमा दिनेशकुमार घिमिरे, उपसभापतिमा महेन्द्र राई र रामचन्द्र केसी, सचिवमा ...

एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने

काठमाडौं । नेकपा (एमाले)ले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । यसअघि अध्यक्ष मात्र निर्वाचित गर्ने र अरू केन्द्रीय पदाधिकारी केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको थियो । तर, ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकले पार्टीको विधानमा नवौ राष्ट्रिय महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिएको छ । पार्टी प्रचार विभाग प्रमुख […] The post एमालेमा सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेमा अब सबै पदाधिकारी निर्वाचित हुने

काठमाडौँ– नेकपा (एमाले)को स्थायी कमिटी बैठकले यसअघिको निर्णय उल्ट्याउँदै पार्टीका सबै पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव पारित गरेको छ। विधान संशोधनसम्बन्धी उक्त प्रस्ताव अनुमोदनका लागि बैठकले असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय गरेको हो। यसअघि एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार समूहबीच अन्तर्द्वन्द्व चर्किएका बेला अध्यक्ष मात्रै […]

एमालेले सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित गर्ने, ७० वर्षे उमेर हद कायमै

नेकपा एमालेले महाधिवेशनबाट नै केन्द्रीय कमिटीका पदाधिकारी निर्वाचित गर्ने गरी संगठन संरचनाको प्रस्ताव स्थायी कमिटीको बैठकमा पेश गरेको छ ।  आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल शुरू भएको छ । यसअघि केन्द्रीय सदस्य र अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने गरी संगठन संरचनाको प्रस्ताव गरिएको थियो । पार्टीभित्र उक्त प्रस्तावको तीव्र आलोचना भएपछि एमालेले त्यसलाई संशोधन गरेर स्थायी कमिटीमा प्रस्ताव आएको बैठकमा ...