नेकपा एमालेले महाधिवेशनबाट नै केन्द्रीय कमिटीका पदाधिकारी निर्वाचित गर्ने गरी संगठन संरचनाको प्रस्ताव स्थायी कमिटीको बैठकमा पेश गरेको छ ।
आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल शुरू भएको छ ।
यसअघि केन्द्रीय सदस्य र अध्यक्ष मात्रै महाधिवेशनबाट निर्वाचित हुने र पदाधिकारी भने अध्यक्षले मनोनयन गर्ने गरी संगठन संरचनाको प्रस्ताव गरिएको थियो । पार्टीभित्र उक्त प्रस्तावको तीव्र आलोचना भएपछि एमालेले त्यसलाई संशोधन गरेर स्थायी कमिटीमा प्रस्ताव आएको बैठकमा ...