काठमाडौँ– पार्टी अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले छान्ने प्रस्तावसहितको संशोधित विधान नेकपा एमाले केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठकले पारित गरेको छ। प्रस्ताव सोमबारको ओली पक्षीय स्थायी कमिटी बैठकले पारित गरेको हो। उक्त प्रस्ताव अनुमोदन लागि जारी केन्द्रीय कमिटी बैठकमा पनि पेश गरिएको कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए। […]