हल्का वर्षाले महोत्तरी, धनुषा र सर्लाहीमा राहत

काठमाडौं, १४ साउन । साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई […]

सम्बन्धित सामग्री

मधेश प्रदेशमा खोप लगाउनेको संख्या बढेसँगै कोरोनाको ग्राफ घट्दै

माघ २०, जनकपुर । कोरोना विरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।  यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा संक्रमित थपिँदै गएकामा विगत केही दिनदेखि त्यो संख्या ५० को हाराहारीमा झरेको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ । निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ संक्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् । बुधवार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ संक्रमित थपिँदा ४४ र मंगलवार ५४ जनामा संक्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।  उनका अनुसार बुधवार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ संक्रमित थपिएका छन् भने मंगलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ, सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरु सबै होमआइसोलेशनमा रहेको जानकारी दिइएको छ । महामारी शुरु भएपछि प्रदेशमा संक्रमणबाट हालसम्म ४१ हजार १२२ संक्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् भने एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकले देखाएको छ । निर्देशनालयका अनुसार संक्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ । सुरुमा संक्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढ्ेसँगै संक्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् । वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करीब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताए ।  गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो संख्या बढेर करीब ५५ प्रतिशत पुगेको उनको भनाइ छ । उनका अनुसार पूर्ण डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६७, धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।  यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको संख्या भने प्रदेशमा करीब ६६ प्रतिशत छ । ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् । उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने संख्या बढी छ । निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् । ‘खोप लगाउने दर कम हुँदा संक्रमण फैलिने दर बढेको थियो’, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भने, ‘तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै संक्रमितको संख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।’  अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो । तर स्वास्थ्य मापदण्ड पालना नगरेमा संक्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ । सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ । ‘विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच शुरु ग¥यो’, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भने, ‘सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।’ जाँचका क्रममा संक्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि संक्रमणदर घटेको हुनसक्ने उनको भनाइ थियो । पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।  वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । रासस

धनुषा, महोत्तरी, सर्लाहीमा एक साता र सिरहामा दुई साता निषेधाज्ञा थप

३१ जेठ, जनकपुरधाम । प्रदेश २ का तीन जिल्लामा एक साताका लागि र एक जिल्लामा दुई साताका लागि निषेधाज्ञा थप गरिएको छ । प्रदेशको अस्थायी राजधानी धनुषा, महोत्तरी र सर्लाहीमा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । तीनै जिल्लाको संकट व्यवस्थापन केन्द्रको बसेको छुट्टाछुट्टै बैठकले निषेधाज्ञालाई एक साताका लागि लम्बयाउने निर्णय गरेको छ । […]

धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा थप

१० जेठ, जनकपुरधाम । प्रदेश-२ का तीन जिल्लामा निषेधाज्ञाको समय थप गरिएको छ । कोरोना संक्रमण बढिरहेको भन्दै धनुषा, महोत्तरी र सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा लम्बयाउने निर्णय भएको हो । धनुषामा जेठ १० गतेसम्म निषेधाज्ञा जारी …

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवामा कोरोना

जनकपुरधाम : प्रदेश २ मा १९ जना प्रहरी र  ५६ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रताप सिंहका अनुसार महोत्तरी बाहेकका ७ जिल्लाका प्रहरीमा कोरोना पोजिटिभ भएको हो।सिंहले बारामा ६ जना, पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना संक्रमित भएका छन् भने सप्तरी, धनुषा र रौतहटमा १–१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको बताए।  संक्रमित प्रहरीमध्ये पर्साका एक जना अक्सिजनको सपोर्टमा उपचार गराइरहेको छ भने बाँकीको अवस्था सामान्य रहेको बताइएको छ। उ

प्रदेश २ मा १९ प्रहरी र ५६ थुनुवालाई कोरोना संक्रमण

प्रदेश २ मा कोरोना संक्रमणको दोस्रो लहरमा अहिलेसम्म १९ जना प्रहरी र ५६ जना थुनुवा प्रभावित भएका छन् ।२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार प्रदेशका ८ जिल्लामध्ये महोत्तरी बाहेक ७ वटै जिल्लाका प्रहरीमा कोरोना संक्रमण पाइएको छ ।प्रदेश प्रहरी प्रमुख एवं डिआइजी धिरजप्रताप सिंहका अनुसार बारा जिल्लामा मात्र ६ जना प्रहरीमा कोरोना संक्रमण पाइएको छ । त्यसगैरी पर्सामा ५, सर्लाहीमा ३, सिरहामा २, सप्तरी, धनुषा र रौतहटमा एक÷एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।संक्र

हालसम्म ६३ ओटा जिल्लामा निषेधाज्ञा जारी

वैशाख २५, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  गृह मन्त्रालयको विवरणअनुसार शनिवार अपराह्न ४ बजेसम्म ५३ ओटा जिल्लामा जिल्लाभर र १० ओटा जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।  यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।  यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् । रासस

फेरि सलह नेपाल भित्रिन सक्ने

काठमाडौं । यसअघि प्रवेश गरेको सलहको झुन्ड पूर्णरूपमा नहराउँदै अर्काे सलहको झुन्ड नेपाल आउन सक्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलहको झुन्ड हावाको बहावसँग भारतको वाराणसी हुँदै मुजफ्फरपुर र दरभंगाको आसपासका क्षेत्रबाट नेपालको धनुषा, महोत्तरी र सर्लाहीमा प्रवेश गर्न सक्ने प्रक्षेपण गरेको छ । केन्द्रका अनुसार हाल भारतको उत्तर प्रदेशको कानपुर …