हालसम्म ६३ ओटा जिल्लामा निषेधाज्ञा जारी

वैशाख २५, काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि ६१ ओटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  गृह मन्त्रालयको विवरणअनुसार शनिवार अपराह्न ४ बजेसम्म ५३ ओटा जिल्लामा जिल्लाभर र १० ओटा जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।  बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।  यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।  यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् । रासस

सम्बन्धित सामग्री

तेह्रथुममा एक हप्ताका लागि निषेधाज्ञा जारी

तेह्रथुम। तेह्रथुम जिल्लामा आजदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ। डीसीसीएमसीको बैठकको सिफारिसपछि जेठ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए। तेह्रथुममा लामो समयसम्म निषेधाज्ञा जारी नगरी नियन्त्रणको प्रयासमा जुटेको थियो। तेह्रथुममा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।

निषेधाज्ञा जारी नभएका जिल्ला मात्र तीन, ७४ जिल्लामा निषेधाज्ञा

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ६९ वटामा पूर्ण र ५ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। अब देशभर निषेधाज्ञा जारी नभएका मात्र तीन जिल्ला रहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले ती जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ।

निषेधाज्ञा जारी नभएका जिल्ला मात्र तीन, ७४ जिल्लामा निषेधाज्ञा

काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका ७७ मध्ये ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी गरिएका जिल्लामध्ये ६९ वटामा पूर्ण र ५ वटामा आंशिक निषेधाज्ञा जारी गरिएको छ। अब देशभर निषेधाज्ञा जारी नभएका मात्र तीन जिल्ला रहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न स्थानीय प्रशासनले ती जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ।

निषेधाज्ञा जारी नभएका चार जिल्ला मात्र बाँकी

नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिदै गर्दा निषेधाज्ञा जारी गर्ने जिल्लाहरु पनि बढिरहेका छन् । अब देशभर चार जिल्लामा मात्र निषेधाज्ञा जारी गरिएको छैन । गृह मन्त्रालयका अनुसार बुधबार साँझ ७ बजेसम्म ७३ वटा जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी भइसकेका छन् ।देशका अधिकांश भागमा निषेधाज्ञा जारी रहँदा पनि नेपालको संक्रमणदर उच्च रहेको छ । पछिल्ला केही दिनमा नेपालमा प्रति दिन ९ हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । बुधबार पनि नयाँ संक्रमितको संख्या ९ हजार बढी रहेको छ । कूल २० हजार ७८६ जनाको परीक्

७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले बिहीबार बेलुकीसम्म ती जिल्लामा निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा जारी भएका जिल्लामध्ये १७ जिल्लामा आंशिक र ४३ जिल्ला पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भएका स्थानमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन चल्न दिइएको छैन। मानिसहरुको आवतजावतमा पनि कडाइ गरिएको छ।

७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ७७ मध्ये ६० जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। स्थानीय प्रशासनले बिहीबार बेलुकीसम्म ती जिल्लामा निषेधाज्ञा जारी गरेका हुन्। निषेधाज्ञा जारी भएका जिल्लामध्ये १७ जिल्लामा आंशिक र ४३ जिल्ला पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा जारी भएका स्थानमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन चल्न दिइएको छैन। मानिसहरुको आवतजावतमा पनि कडाइ गरिएको छ।

मोरङमा निषेधाज्ञा जारी

विराटनगर । मोरङमा जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार राती १२ बजेदेखि जेष्ठ १ गतेसम्मका लागि जिल्लाभर कायम रहने गरी निषेधाज्ञा जारी गरेको हो । कोभिड १९ को संक्रमण दिनहुँ  बढिरहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।बिहीबार बसेको  जिल्ला कोराना संक्रमण व्यवस्थापन समितिको बैठकले हाल जारी गरिएको विराटनगर महानगरपालिका,बुढीगंगा

सुनसरीमा पूर्ण निषेधाज्ञा जारी

इनरुवा– जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा गए रातिदेखि लागू हुने गरी पूर्ण निषेधाज्ञा जारी गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार सम्पन्न भएको डिसीसीएमसीको बैठकले जिल्लामा गए रातिदेखि यही वैशाख ३१ गते मध्यरातिसम्म पूर्ण निषेधाज्ञा लागू गर्ने निर्णयानुसार निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।जिल्लामा कोरोना सङ्क्रमितको दर बढ्दो क्रममा रहेकाले चेन ब्रेक गर्न पूर्ण निषेधाज्ञा गरिएको उनले जानकारी दिए । पूर्ण निषेधाज्ञा जारी गरेसँगै सुनस

यी हुन् निषेधाज्ञा जारी भएका ४५ जिल्ला

काठमाडौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि देशका करिब आधा भन्दा बढी जिल्लामा पूर्ण र आसिक निषेधाज्ञा जारी गरिएको छ । अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक र बाँकी ३६ जिल्लामा पूर्ण रूपमा निषेधाज्ञा जारी भएको छ । आवश्यकता अनुसार जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी)ले निषेधाज्ञा बढाउन सक्नेछन् । गत […]

यी हुन् निषेधाज्ञा जारी भएका जिल्ला (सूचीसिहत)

काठमाडौं । बिहीबारबाट काठमाडौं उपत्यकासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ । कोरोना भाइरस बढ्दो संक्रमणको  ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।विहीबार विहानसम्म १६ जिल्लामा निषेधाज्ञा लागू भएको पाइएको छ । निषेधाज्ञा जारी हुने जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, बर्दिया, कैलाली,  कञ्चनपुर, बागलुङ, कालीकोटका, सुर्खेत, चितवन र पाल्पा रहेका छन् ।गृह मन्त्रालय प्रवक्ता जनकराज दाह