काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आज बिहीवारदेखि सञ्चालनमा आएसँगै अब अन्तर्राष्ट्रिय जहाज पनि अवतरण गर्ने भएका छन् । गौतबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गमा आजदेखि आन्तरिक वायु सेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने उज्यालोलाई जानकारी दिनुभयो । ‘अब काठमाण्डौमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, काठमाण्डौमा समस्या हुँदा ठूला जहाज पनि यही नै अवतरण हुनेछन्’, ...