पोखराको नयाँ विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो । २२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् । त्रिभुवन […]

सम्बन्धित सामग्री

गुल्मीको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान सम्पन्न

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा आज आइतवार परीक्षण (डेमो) उडान भएको छ । रेसुङ्गा नगरपालिका १० काे सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएकाे तारा एअरको नाइन एन–एएलओ ट्विनअटर जहाजले आज बिहान १२ बजे परीक्षण उडान गरेको हो ।  परीक्षण उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, तारा एअरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि ताराले आज परीक्षण उडान गरेको रेसुङ्गाका मेयर खिलध्वज पन्थीले जानकारी दिनुभयाे ।  काठमाण्डाैबाट बिहान ११ बजे उडेको तारा एअरकाे जहा...

गुल्मी विमानस्थलमा पहिलो पटक विमान अवतरण

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान

गुल्मी, पुस २४ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिसमचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले रेसुङ्गा विमानस्थलको लागि आज बिहान ११ः०० बजे डेमो उडान गर्ने भएको हो । कुल ३३ करोड लागतमा बनेको विमानस्थल पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको […]

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार डेमो उडान

२२ पुस, काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (२४ पुस) डेमो उडान हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । यो जहाजले काठमाडौंबाट गुल्मी पुग्न ५० मिनेटको समय लगाउने छ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ । […]

रेसुंगा विमानस्थलमा २४ पुसमा हुने भयो ‘डेमो’ उडान

१० पुस, काठमाडौं । गुल्मीमा निर्माण सम्पन्न भएको रेसुंगा विमानस्थलमा आगामी २४ पुस (जनवरी ८) मा ‘डेमो’ उडान हुने भएको छ । यो विमानस्थलमा परीक्षण उडान यसअघि नै भइसकेको छ । अब नियमित उडान गर्ने प्रयोजनसहित २४ पुसमा डेमो उडानको तयारी थालिएको हो । यहाँ तारा एयरले डेमो तथा नियमित उडानको तयारी गरिरहेको छ । […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको सफल उडान

निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यती एयरलाइन्सले प्रदर्शन उडान (डेमो उडान) सम्पन्न गरेका छन् । बुद्ध र यतीले बिहीबार नवनिर्मित विमानस्थलमा प्रदर्शन उडान सम्पन्न गरेको हो । बुद्ध एयर र यती एयरलाइन्सले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुवै वायुयान कम्पनीले एटिआर–७२ विमानमार्फत् पोखरा उपत्यकालाई […]

पोखरामा आज डेमो उडान भर्दै यति र बुद्ध

काठमाडाैँ – आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन (डेमो) उडान हुँदैछ। यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्ने भएका हुन्। दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन्। नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय क्षेत्र पोखरामा आगामी जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी […]

पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान हुने

काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार प्रदर्शनी अर्थात डेमो उडान हुने भएको छ । यो विमानस्थलमा बिहीबार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले दिउँसो २ बजे डेमो उडान गर्न लागेका हुन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने बताईएको छ । नवनिर्मित विमानस्थलमा अंग्रेजी […]

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज डेमो उडान

७ पुस, पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् । नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत […]