अस्ट्रेलियाले एक दशकपछि ब्याजदर बढायो

सिड्नी । अस्ट्रेलियाको केन्द्रीय बैङ्कले एक दशकभन्दा लामो समयपछि ब्याज दर बढाएको छ । बढ्दो मुद्रा स्फीतिलाई नियन्त्रण गर्न ब्याजदर बढाइएको हो । रिजर्व बैङ्क अफ अस्ट्रेलियाले निक्षेपको ब्याजदर शून्य दशमलव एक प्रतिशतबाट बढाएर शून्य दशमलव ३५ प्रतिशत पुर्‍याएको हो । पेट्रोलियम पदार्थ, आवास निर्माण र खाद्यान्नको लागत बढेका कारण पहिलो त्रैमासिक अवधिमा अस्ट्रेलियाको उपभोक्ता […]

सम्बन्धित सामग्री

प्रतिस्पर्धाले बढायो बैंकको ब्याजदर

काठमाडौं । बैंकहरूले भद्र सहमति छोडेर प्रतिस्पर्धा गर्न थालेपछि ब्याजदर बढ्न थालेको छ । तरलताको अवस्था सहज भए पनि बैंकहरूबीच निक्षेप जोगाउन प्रतिस्पर्धाका कारण ब्याजदर उकालो लागेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार २०८० साउनमा वाणिज्य बैंकहरूमा निक्षेपको औसत ब्याजदर र आधारदर वृद्धि भएको छ । तर, कर्जाको ब्याजदर भने सामान्य घटेको पाइएको छ ।  २०८० भदौमा वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ८ दशमलव शून्य ६ प्रतिशत, विकास बैंकहरूको ९ दशमलव ४३ प्रतिशत र वित्त कम्पनीहरूको १० दशमलव २७ प्रतिशत कायम भएको छ । २०७९ भदौमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७ दशमलव १ प्रतिशत थियो । यसैगरी गत आर्थिक वर्ष (आव) को अन्तिम महीना असारमा ७ दशमलव ८६ प्रतिशत ब्याजदर कायम भएको थियो ।  नेपाल बैंकर्स संघले ब्याजदर तोक्ने प्रचलन हटाउँदै बैंकहरूले साउनदेखि आफूखुशी ब्याजदर तोक्न थालेका हुन् । बैंकहरूबीच निक्षेपको प्रतिस्पर्धाका कारण ब्याजदर बढाएका हुन् । कात्तिकमा भने १४ ओटा बैंकले ब्याजदर घटाएका छन् । वैशाखमा वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा झरेकोमा कात्तिकमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशतसम्म कायम भएको छ । राष्ट्र बैैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महीना लागू हुने निक्षेपको ब्याजदर अघिल्लो महीना प्रकाशित गर्नुपर्छ । तर, ब्याजदर तोक्दा एकपटकमा १० प्रतिशत मात्र तलमाथि गर्न पाइने व्यवस्था छ । निक्षेप ब्याजदर वृद्धिसँगै बैंकहरूको लागत महँगो भएपछि उनीहरूको आधारदर पनि बढिरहेको छ । २०८० भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव १४ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १२ प्रतिशत र वित्त कम्पनीहरूको १३ दशमलव ५२ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा वाणिज्य बैंकहरूको औसत आधार दर १० दशमलव शून्य १ प्रतिशत थियो । गत आवको असारमा आधारदर १० दशमलव शून्य ३ प्रतिशत थियो ।  बैंकहरूले पछिल्लो ३ महीनाको आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्न पाउँछन् । आधारदर बढेपछि कर्जा महँगो हुन्छ । तर, बैंकहरूले प्रिमियम घटाएकाले भदौमा कर्जाको औसत ब्याजदर सामान्य घटेको छ ।  कर्जाको औसत ब्याजदर २०८० भदौमा वाणिज्य बैंकहरूको १२ दशमलव २३ प्रतिशत, विकास बैंकहरूको १३ दशमलव ९९ प्रतिशत र वित्त कम्पनीहरूको १४ दशमलव ६८ प्रतिशत कायम रहेको राष्ट्र बैंकले जनाएको छ । २०७९ भदौमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव शून्य ६ प्रतिशत कायम भएको थियो । कर्जा महँगो भए पनि अल्पकालीन ब्याजदर भने घटेको छ । २०७९ भदौमा ९१ दिन अवधिको ट्रेजरी बिलको औसत ब्याजदर ९ दशमलव शून्य ९ प्रतिशत रहेकोमा २०८० भदौमा ५ दशमलव ९५ प्रतिशत कायम भएको छ । बैंक, वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०७९ भदौमा ८ दशमलव ५ प्रतिशत रहेकोमा २०८० भदौमा ५ दशमलव ८८ प्रतिशत कायम भएको छ । कर्जा प्रवाह गर्न नसक्दा बैंकहरूले सरकारी ऋणपत्रमा लगानी गर्न जोड दिएका छन् । सरकारले पनि ब्याजदर घटेका बेला आन्तरिक कर्जा उठाउन कार्यतालिका नै परिवर्तन गरेको छ ।

अष्ट्रेलियाको केन्द्रीय बैंकले बढायो ब्याजदर

सिड्नी । अष्ट्रेलियाको केन्द्रय बैंकले अनपेक्षित रूपमा ब्याजदर बढाएको छ । रिजर्ब बैंक अफ अष्ट्रेलिया (आरबीए)ले मंगलबार ब्याजदर २५ आधारविन्दुले बढाएर ४ दशमलव १ प्रतिशतमा उकालेको हो । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणमा सहभागी अधिकांश अर्थशास्त्रीहरूले बैंकले ब्याजदर स्थिर राख्ने बताएका थिए ।  ब्याजदर वृद्धिको खबरसँगै एसएन्डपी/एएसएक्स २०० प्रतिशतले घटेको छ । अमेरिकी डलरको तुलनामा अष्ट्रेलियाली डलरको भाउ भने शून्य दशमलव ७३ प्रतिशतले बढेर शून्य दशमलव ६६ सेन्टमा पुगेको थियो । आरबीए जसरी पनि महँगी घटाउने दाउमा छ । अपिलमा अष्ट्रेलियामा महँगी ६ दशमलव ८ प्रतिशत थियो । महँगी उच्चतम् स्तरमा उक्लिसकेको भए पनि अझै पनि यो उच्च स्तरमै रहेको संकेत मिलिरहेको आरबीएका गभर्नर फिलिप लोईले भनेका छन् । हालै मात्रै महँगी थप बढ्न सक्ने जोखिम बढेकोले बैंकले ब्याजदर बढाउने निर्णय गरेको मंगलबार जारी विज्ञप्तिमा लोईले भनेका छन् । आरबीएले मुद्रास्फीतिलाई २ देखि ३ प्रतिशतमा झार्ने लक्ष्य रोखेको छ । महँगी लामो समयसम्म उच्च स्तरमा रहिरह्यो भने यसलाई पछि अंकुश लगाउन झनै महँगो पर्ने बताइएको छ । ब्याजदर झनै बढाउनुपर्छ अनि बेरोजगारी दरमा पनि उच्च वृद्धि हुने जोखिम हुन्छ । बैंकले महँगीमा अंकुश लगाउन थप ब्याजदर वृद्धि गर्ने संकेत गरेको छ । आक्रामक रूपमा ब्याजदर बढाइरहँदा आर्थिक मन्दी निम्तने नदिने काम फलामको च्यूरा चपाउनु सरह हुनेमा पनि बैंकको चिन्ता छ । आरबीएले जति जति ब्याजदर बढाउँदै  जान्छ उति नै सुरक्षित अवतरण वा आर्थिक मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम कठिनतम् बन्दै  जाने विश्लेषण गर्न लागिएको छ । एजेन्सी

अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढायो

एजेन्सी । अर्थतन्त्र मन्दीमा फस्दै गएपछि अमेरिकी केन्द्रीय बैंकले पुनः ब्याजदर बढाएको छ । फेडरल रिजर्भ बैंकले शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाएको हो । पछिल्ला १४ महिनामा दशौं पटक ब्याजदर बढाइएको हो भने योसँगै अमेरिकामा ब्याजदर १६ वर्ष यताकै उच्च भएको छ । सन् २०२२ मा लगभग शून्यको हाराहारीमा रहेको ब्याजदर अहिले ५ दशमलव […]

नागरिक लगानी कोषले बढायो ब्याजदर

काठमाडौं, १ साउन । नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५ प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ […]

नागरिक लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले निक्षेपको ब्याजदर बढाएको छ । कोषले सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी व्याजदर बढाएको जनाएको हो । जसअनुसार कर्मचारी बचत वृद्धि अवकाश कोषमा ६ दशमलव ५  प्रतिशतबाट ८ प्रतिशत पुर्याइएको छ । यस्तै, ८० प्रतिशत सहभागी ऋण सापटीको ब्याजदर १ दशमलव ५ प्रतिशत बढाएर ९ दशमलव ५ प्रतिशत कायम गरेको छ ।आवास कर्जा र शैक्षिक कर्जामा पनि ब्याजदर बढाएर १०र१० प्रतिशत तोकिएको छ । सरल कर्जा र सवारी कर्जामा समान १० दशमलव ५ प्रतिशत ब्याजदर पुर्याइँदा उपदान योजना कोष, लगानीकर्ता अवकाश

लगानी कोषले बढायो ब्याजदर

नागरिक लगानी कोषले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८...

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढायो, तीन दशकपछि कै उच्च ब्याजदर

३ असार, न्यूयोर्क । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर […]

मुद्रास्फीति ४० वर्ष यताकै उच्च भएपछि बेलायती केन्द्रीय बैंकले ब्याजदर बढायो

काठमाडौं– बेलायतको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएर १ दशमलब २५ प्रतिशत पु¥याएको हो । यो ब्याजदर १३ वर्षयता कै उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि बेलायतको ब्याजदर १ प्रतिशत थियो । बैंक मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकमा समितिका ९ सदस्यमध्ये ६ सदस्यले […]

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।

एनएमबि बैंकले बढायो ब्याजदर

काठमाडौं। एनएमबि बैंकले साना निक्षेपकर्ताहरुलाई उच्च ब्याजदर दिने भएको छ। बैकले निक्षेपकर्ताहरुलाई ५.६० प्रतिशत ब्याजदर दिने भएको हो। बैकका अनुसार यो अहिलसम्मको सर्वाधिक ब्याजदर हो। बैंकले मुद्दती खातामा भने ८.३० प्रतिशतसम्म ब्याजको व्यवस्था गरेको छ।