राज्य उपेक्षित हिंसा पीडित महिला

पितृसत्तात्मक समाजले महिला तथा छोरीहरूलाई आफूमाथि हुने गरेका हिंसा तथा बलात्कारीका विरुद्धमा बुलन्द आवाज उठाउन कहिल्यै सिकाएन, बरु समाजमा इज्जत र प्रतिष्ठाको भूत देखाएर जहिल्यै यौनजन्य घटना लुकाउन बल गरिरह्यो। छोरीको इज्जत पानीको फोका हो, फुटेपछि सकियो भन...

सम्बन्धित सामग्री

चतरा आश्रममा बस्दै आएकी हिंसा पीडित महिलाद्वारा सुरक्षा माग

विराटनगर । सुनसरी वराहक्षेत्रकी हिंसा पीडित महिला सुरक्षाका कारण विस्थापित भएकी छन् । वराहक्षेत्रमा रहेको चतरा आश्रममा बस्दै आएकी ३३ वर्षीया महिला पीडकका परिवार र स्थानीयको दबाबका कारण विस्थापित भएकी हुन् । उनी वराहक्षेत्र स्थित चतराबाट विस्थापित भएर इटहरी इनरुवा लगायतका आफन्तका घरमा बस्दै आएकी छन् । उनले असुरक्षा भएको भन्दै प्रहरीसामु जाँदा समेत सुरक्षित […]

एक वर्षमा तीन सय बढी महिला हिंसा पीडित

सिन्धुली । जिल्लामा विगत एक वर्षमा ३ सय बढी लैंगिक हिंसाका घटना भएको पाईएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रमा गत आर्थिक वर्षमा तीनसय १२ वटा लैंगिक हिंसाका घटनाहरु आएका छन । जसमा सबैभन्दा बढी महिला तथा बालिकाहरु पीडित देखिएका छन । आर्थिक वर्ष २०७८/७९ मा २ जना पुरुषहरु मात्र हिंसामा परेको पाईएको छ । […] The post एक वर्षमा तीन सय बढी महिला हिंसा पीडित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नगरपालिकाको आनाकानीले हिंसा पीडित बस्ने भवन प्रयोगविहीन

बारा : जीतपुरसिमरा उपमहानरपालिकाले कार्यविधि प्रमाणित नगरिदिँदा हिंसापीडित बालबालिका तथा महिला अल्पवास सेवा सञ्चालनमा आउन सकेको छैन।जसका कारण हिंसामा परेर कहाँ जाउँ र के गराैँको अवस्थामा परेकाहरुलाई सुरक्षित आवाससहित उचित परामर्श दिने उद्देश्यले निर्मित भवन प्रयोगविहीन बनेको छ।सिमरा महिला सहकारीले आफ्नै कार्यालयको माथिल्लो तलामा हिंसापीडित बालबालिका तथा महिला अल्पवास सेवा दिन भान्छासहित ५ कोठा बनाएको छ। दुई आर्थिक वर्ष लगाएर निर्माण सम्पन्न गरेको भवनबाट विगतको वर्षदेखि सेवा दिने तयारी

हिंसा पीडित बालिकाका परिवारलाई पाँच लाख दिइने

भीमदत्त नगरपालिकाले उल्टाखाममा हिंसाबाट पीडित बालिकाका परिवारलाई रु पाँच लाख नगद सहयोग दिने निर्णय गरेको छ । भीमदत्तका नगरप्रमुख पदम बोगटीले बिहीबार पहिलो कार्यपालिका बैठकबाट सहयोग दिने निर्णय गराउनुभएको छ । कार्यपालिका बैठकले पीडित बालिकालाई उच्च शिक्षासम्म अध्ययनको जिम्मा लिने निर्णय पनि गरेको छ । नगरप्रमुखको सचिवालयका नायबसुब्बा नरेन्द्रदेव भट्टले कार्यपालिकाको पहिलो बैठकबाट नगद र […]

मध्यबिन्दु जिल्ला अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वार प्रणालीबाट प्रदान गर्नका लागि केन्द्रको स्थापना गरिएको हो। केन्द्र स्थापना गरी सेवा प्रदान गर्दा लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो।  एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित एकल महिला, अपाङ्गता ...

हिंसा प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाउन निर्देशन

संसदको महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाअन्तर्गत मंगलबार महिला तथा सामाजिक समितिमा सदस्यहरुले हिंसा पीडितका लागि सरकारले तत्काल राहत रकम उपलब्ध गराई संरक्षण र अभिभावकत्व प्रदान गर्न माग गरेका थिए […]

लैङ्गिक अधिकारको प्रत्याभूति गराउन संसदीय समितिको निर्देशन

काठामडौँ– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसा पीडित तथा प्रभावितको बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले लैङ्गिक हिंसा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन […]

१० अध्यादेश निष्क्रिय : खोपसँगै तेजाव र हिंसा पीडित महिला प्रभावित

३० भदौ, काठमाडौं । सरकारले संसदबाट पास नगराउँदा बुधबार रातिदेखि १० अध्यादेश निष्क्रिय हुँदैछन् । अध्यादेशहरु निष्क्रिय हुँदा कोरोनाको खोप खरीद मात्र होइन, तेजाब र हिंसा पीडित महिलाहरु पनि प्रभावित हुने भएका छन् । केपी शर्मा ओली सरकारले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, कोभिड–१९ संकट […]

द्वन्द्वपीडितलाई नि:शुल्क स्वास्थ्य बिमा

यो सेवा राज्य पक्ष र बिद्रोही दुबै पक्षका पीडितले लिन पाउने छन्। नगरपालिकाका अनुसार मृतक परिवार, बेपत्ता परिवार, यौन हिंसा पीडित र घाईते अपाङ्गलाई लक्षित गर्दै कार्यक्रम ल्याईएको हो।...

हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन आग्रह

खोटाङका अधिकारकर्मी लगायतले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । जिल्ला कानुनी सहायता समिति सामाजिक कानूनी सहायता केन्द्रले दिक्तेलस्थित होटल इन्द्रेणीमा आयोजना गरेको महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्ने विषयमा सरोकारवाला निकाय र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले पीडित महिला तथा बालबालिकामैत्री कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन्।