मध्यबिन्दु जिल्ला अस्पतालमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वार प्रणालीबाट प्रदान गर्नका लागि केन्द्रको स्थापना गरिएको हो। केन्द्र स्थापना गरी सेवा प्रदान गर्दा लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो।  एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित एकल महिला, अपाङ्गता ...

सम्बन्धित सामग्री

पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

नवलपरासी पूर्व, कावासोती नगरपालिका-१५ बरौलीटार बस्ने अरूण थापा मगरको छोरा दुई वर्षीय अर्किस थापा मगरको आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बोहराको गोठ र भान्साकोठामा आगलागी

नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका-५ पतवारी बस्ने ७६ वर्षीया मन कुमारी बोहराको भान्सा कोठामा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो ताप्ने क्रममा भान्साकोठाबाट गोठमा समेत आगलागी भएको बताइएको छ । आगोले जलेर घाइते भएकी मन कुमारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा हुँदै थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको …

कुचोको डाँठले हान्दा बाबुको मृत्यु

नवलपरासी।  पूर्वी नवलपरासीकाे मध्यबिन्दुमा आफ्नै छोराले कुचाेडाँठले प्रहार गर्दा बाबुको मृत्यु भएको छ । जिप्रका नवलपरासी पूर्वले दिएको जानकारी अनुसार जिल्लाको मध्यबिन्दु १० टाँडीका ३५ वर्षका रूपेश दराईले आफ्ना बाबु  ६० वर्षीय हाेमबहादुर दराईलाई कुचोको डाँठ प्रहार गरी घाईते बनाएका थिए । घाईतेलाई थप उपचाराका लागि  मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले शनिबार साँझै दराईकाे […]

पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

पूर्वी नवलपरासीमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव भएको छ । जिल्लामा मध्यबिन्दु जिल्ला अस्पताल र सरकारी स्वास्थ्य संस्थामा एक सातादेखि भ्याक्सिन अभाव भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए ।

नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा बस र ट्रक ठोक्किँदा  १७ जना यात्रु घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किएका हुन् । घाइतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो । बसमा ३० जना यात्रु रहेकोमा अरु सामान्य अवस्थामा छन् ।

नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३६ जना घाइते

नवलपरासी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनय त्रिवेणी–२ दाउन्नेमा बिहान भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस सडक छेउको ढिस्कोमा ठोक्किँदा पल्टिएको हो । पल्टिएपछि  बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका केहीलाई आगोले पोलेको छ । प्रहरीका अनुसार  घाइते २१ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, दुई ज...

बन्चरो प्रहार गरी श्रीमानको हत्या गरेपछि…

नवलपरासी, ३० फागुन । आफ्नै श्रीमानको हत्यामा सम्लग्न एक महिला पक्राउ परेकी छिन् । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा […]

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमान ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा नवलपरासी पूर्वमा एक महिला पक्राउ परेकी छन् ।  बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले पक्राउ गरेको हो । श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्तलाई ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्ध

नवलपुरमा गैंडाको आक्रमणबाट एक महिला घाइते

नवलपुर । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मीणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएका हु्न् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करीब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएका हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए । घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल ड

ज्योति विकास बैंकद्वारा मध्यबिन्दु जिल्ला अस्पताललाई बेबी वार्मर सहयोग

ज्योति विकास बैंकले मध्यबिन्दु जिल्ला अस्पताल, नवलपुरलाई गत शुक्रबार एक थान बेबी वार्मर प्रदान गरेको छ । राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकले संयुक्त रूपमा सो बेबी वार्मर प्रदान गरेका हुन्