खोटाङका अधिकारकर्मी लगायतले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । जिल्ला कानुनी सहायता समिति सामाजिक कानूनी सहायता केन्द्रले दिक्तेलस्थित होटल इन्द्रेणीमा आयोजना गरेको महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्ने विषयमा सरोकारवाला निकाय र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले पीडित महिला तथा बालबालिकामैत्री कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन्।