बारा : जीतपुरसिमरा उपमहानरपालिकाले कार्यविधि प्रमाणित नगरिदिँदा हिंसापीडित बालबालिका तथा महिला अल्पवास सेवा सञ्चालनमा आउन सकेको छैन।जसका कारण हिंसामा परेर कहाँ जाउँ र के गराैँको अवस्थामा परेकाहरुलाई सुरक्षित आवाससहित उचित परामर्श दिने उद्देश्यले निर्मित भवन प्रयोगविहीन बनेको छ।सिमरा महिला सहकारीले आफ्नै कार्यालयको माथिल्लो तलामा हिंसापीडित बालबालिका तथा महिला अल्पवास सेवा दिन भान्छासहित ५ कोठा बनाएको छ। दुई आर्थिक वर्ष लगाएर निर्माण सम्पन्न गरेको भवनबाट विगतको वर्षदेखि सेवा दिने तयारी