हिंसा प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाउन निर्देशन

संसदको महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाअन्तर्गत मंगलबार महिला तथा सामाजिक समितिमा सदस्यहरुले हिंसा पीडितका लागि सरकारले तत्काल राहत रकम उपलब्ध गराई संरक्षण र अभिभावकत्व प्रदान गर्न माग गरेका थिए […]