प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथग्रहण गराएका हुन् । शपथग्रहणपछि मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति भइरहेको नकारात्मक टिप्पणी सच्याएर प्रदेशको कामकाज अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।