कलैया उपमहानगरमा एमाले उम्मेदवार ३ सय मतले अगाडि

बारा कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेको अग्रता कायम छ। शुक्रबार बिहानसम्म गणना भएको ७७०२ मतमध्ये एमालेका मेयर उम्मेदवार विनोद प्रसाद साहले २८१७ मत पाएका छन्। उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका प्रमोद प्रसाद गुप्ताले २५१३ मत ल्याएका छन्। त्यस्तै तेस्रो स्थानमा कांग्रेस उम्मेदवार राजेश राय यादवको मत २१६९ छ। माओवादी केन्द्रका उम्मेदवारको १०२४ र राजपाको ९२५…

सम्बन्धित सामग्री

एमाले उम्मेदवार सुहाङ चुनावकेन्द्रित अभियानमा

आगामी १५ वैशाखमा हुने इलाम २ को संघीय उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङले जिल्लाकेन्द्रित चुनावी अभियान सुरु गरेका छन् । काठमाडौंबाट बुधबार निर्वाचन क्षेत्र प्रस्थान गरेका नेम्वाङले शनिबारसम्म चुनावकेन्द्रित भेटघाट...

दोलखामा एमाले उम्मेदवार शिवाकोटी ३६ मतले अगाडि

१९ मंसिर, काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ […]

मोरङ ६–१ मा एमाले उम्मेदवार रीता न्यौपानेको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा १ तर्फ एमाले उम्मेदवार रीता न्यौपानेले १०८७७ मत प्राप्त गरेकी छन्। त्यस्तै, गठबन्धन नेकपा माओवादी केन्द्रले १०४५१ मत ल्याएको छ भने राप्रपाका उम्मेदवार हीरा भट्टराईले ६२५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

दैलेख–१ मा एमाले उम्मेदवार शर्माको अग्रता कायमै

दैलेख निर्वाचन क्षेत्र नं १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्माले अग्रता  कायम राखेका छन्। शर्माले १३ हजार तीन सय ५१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी  अमरबहादुर थापाले १३ हजार १०८...

झापा ४ मा घन्टीलाई उछिन्दै एमाले उम्मेदवार अगाडि

६ मंसिर, झापा । झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकाल पछाडि परेका छन् । मतगणना सुरु भएदेखि अग्रता कायम गरिरहेका ढकाललाई उछिन्दै मंगलबार बिहान एमाले उम्मेदवार एलपी साँवा लिम्बु अगाडि आएका हुन् । ढकालले ४ हजार १७० मत ल्याउँदा साँवाले ४ हजार २०४ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार […]

मतगणनास्थल पुगे काठमाडौँ १ का एमाले उम्मेदवार पौडेल

काठमाडौँ- मतदान सम्पन्न भएसँगै काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेल मतगणनास्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेका छन्। काठमाडौँ १ मा मतदान सम्पन्न भएसँगै मतपेटिकाहरु शिलबन्दी गरी मतगणनाका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुर्‍याइएका हुन्। काठमाडौँ १ मा आइतबार रातिसम्म मतगणना सुरु हुने निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन्। काठमाडौँ १ मा गठबन्धनका तर्फबाट कांग्रेसका प्रकाशमान […]

एमाले उम्मेदवार जालिम मियाविरुद्ध कांग्रेसले दियो उजुरी

३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]

रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित

भैरहवा– रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार […]

ओलीको गृहनगरमा एमाले उम्मेदवार १५ मतले पछाडि

४ जेठ, झापा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारी पौडेलले मतान्तर घटाउँदै लगेकी छन् । प्राप्त पछिल्लो परिणाम अनुसार उनी राप्रपा उम्मेदवार रामकुमार थापाभन्दा १५ मतले मात्रै पछाडि छन् । ओलीको गृहनगरमा एमाले उम्मेदवारविरुद्ध सत्ता गठबन्धनले राप्रपा उम्मेदवार थापालाई समर्थन गर्ने निर्णय गरेको थियो । […]