प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगितामा टेम्के फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ । कमल गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा आयोजक समितिलाई १–० ले पराजित गर्दै टेम्केले विजयी यात्रा सुरुआत गरेको हो । पहिलो हाफको २६औँ मिनेटमा टेम्केका जनक कोइरालाले गोल गर्दै टिमलाई अग्रता दिलाएको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलमा दुवै टिमले गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन ।उद्घाटन खेलको प्लेयर अफ द म्याच टेम्केका स्ट्राइकर जनक कोइराला भ