अतिक्रमणको चपेटमा परेपछि मुलुककै ठूलो कैलालीको वन क्षेत्र घट्दै गएको छ । वनकर्मीहरू पछिल्ला तीन दशकमा कैलालीको ३० हजार हेक्टर वन विनाश भएको दाबी गर्छन् । सुदूरपश्चिम प्रदेश वन निर्देशनालयले २०७८/७९ को वार्षिक प्रतिवेदनमै कैलालीमा १६ हजार ४ सय २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको उल्लेख गरेको छ । वनसम्बद्ध सरकारी अधिकारी भने यो तथ्यांक झन्डै आधा मात्रै रहेको बताउँछन् ।