सुर्खेतको एक वन समितिबाटै उपभोक्ताहरुले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताहरुको ईच्छाअनुसार आयआर्जन गर्न चाहनेहरुलाई सहुलियत रुपमा ऋण दिने गरेको हो।...
गण्डकी– पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीयस्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्न सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धन थालिएको छ। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो। मन्त्रालयका प्रवक्ता घनेन्द्रबहादुर खनालले गत आवमा प्रदेशभित्रका नौ वटा सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गरिएको […]
पोखरा- पर्यटकीय गतिविधिका माध्यमबाट स्थानीयस्तरमा आयआर्जन र रोजगारी सिर्जना गर्न सामुदायिक वनमा पर्या–पर्यटन प्रवर्द्धन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जैविक विविधताको संरक्षणसँगै सामुदायिक वन क्षेत्रभित्र पर्यटकीय गन्तव्यको विकास गर्न सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । मन्त्रालयका प्रवक्ता घनेन्द्रबहादुर खनालले गत आवमा प्रदेशभित्रका नौ वटा सामुदायिक वनमा पर्या–पर्यटन प्रवद्र्धनका गतिविधि […]
बलेवा– बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किँदै गरेका ओखरका […]
हेटौँडास्थित जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो हुनुहुन्छ । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उहाँको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउनुहुने उहाँलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ । आयआर्जनको मुख्यस्रोत […]
हेटौँडा, ७ पुस । जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियार हिजो आज बेफुर्सदिलो छन् । घरायसी काम सकेर समूहले सामूहिक जडीबुटी खेती गरिरहेको स्थानमा पुग्नु उनको दिनचर्या नै बनेको छ । घरमा पालिएका गाई–बाख्रालाई जडीबुटी खेती गरिएको स्थानबाटै घाँसको व्यवस्था गरेर आउने उनलाई सधैँ सबेरै घरघन्दा सकेर जडीबुटी गोडमेल र रेखदेख गर्न हतार हुन्छ […]
काठमाडौँ,३ पुष । वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी […]
मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्त समूहद्वारा बिजुलीको तार बिछ्याएको स्थानमा सामूहिकरुपमा गरिएको जडीबुटी र घाँसखेतीबाट आयआर्जन गर्न थालिएको छ । उक्त समूहका विपन्न, दलित र जनजाति महिलाले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका छन् ।समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरुपमा जडीबुटी खेती र घाँसको बिरुवा रोपेर बाख्रापालन गरी आम्दानी गर्न सहयोग पुगेको बताइन्। उनले भनिन्, “यसरी आम्दानी गर्न सकिन्छ जस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।&rdq
दाङ - दाङकाे पहाडी भेगका बासिन्दाको आयआर्जन बढाएर उनीहरुलाई स्वरोजगार बनाउनका लागि डिभिजन वन कार्यालय दाङले जडीबुटी क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जडीबुटीका बिरुवा निःशुल्क किसानको घरसम्म पुर्याइदिने र बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरेको कार्यालयले उत्पादित जडीबुटीको बजारीकरण गर्नेसम्मको योजना डिभिजन वन कार्यालयको छ ।
उमेरले दुई बीस पार गरिसकेका घोराही उपमहानगरपालिका वडा नं १९ श्री चौरका लालबहादुर पुन मगरलाई जडीबुटी लगाउने कार्यक्रमले मन छोएको छ&nbs...
दाङ - डिभिजन वन कार्यालय दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने भएको छ । त्यसका लागि जडीबुटीका ७० हजार बिरुवा रोपिएको छ । जडीबुटीमार्फत स्थानीयबासिन्दाको आयआर्जन बढाउने उद्देश्य रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
यो वर्ष दाङको पहाडी क्षेत्र बङ्गलाचुलीका गाउँपालिकाका ५ वटा वडा र घोराही उपमहानगरपालिकाका २ वटा वडा गरी ७ वटा वडामा टिमुर, मालागेडी र तेजपातलगायतका ७० हजार भन्दा धेरै बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
६ सयभन्दा धेरै किसानको जग्गा, सामुदायिक वन...
बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ‘एक पालिका एक नमुना कृषि वन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। खाली रहेका जमिनमा बृक्षरोपण गरेर किसानको आयआर्जन बृद्धि गर्न यो कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम रुपन्देही, कपिलवस्तु,दाङ,बाँके,बर्दिया र नवलपरासीमा सञ्चालन गरिने भएको छ। सामुदायिक वन उपभोक्ताको क्षमता विकास र निकुञ्जहरुमा पर्यापर्यटनको विकास पनि गरिनेछ।