मलेसियन कम्पनीलाई विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको जिम्मा मलेसियन कम्पनीलाई दिइने भएको छ । नागरिक उड्डयन प्राधिकरणले मलेसियन एयरपोर्ट होल्डिङ वरहडलाई विमानस्थल सञ्चालनसम्बन्धी सम्पूर्ण अवस्था सुधार गर्ने जिम्मा दिन लागिएको जानकारी प्राधिकरणका महानिर्देशक केशव खनालले दिए । उनका अनुसार सो कम्पनीले विमानस्थलको प्रारम्भिक अवस्थाको अध्ययन गरिसकेको छ । अहिले नियामक र सेवप्रदायक दुवैको भूमिका आफैले गरिरहेको प्राधिकरणलाई फुटाएर दुईवटा छुट्टाछुट्टै संस्था बनाउने उहकार्य सुरू गरिएको जानकारी पनि खनालले दिए । त्यसपछि नियामक र उडान सम्बद्ध सेवा प्रदायकका लागि अलग अलग संस्था बन्नेछन् । नेपाल अनलाइनको एसएमएस सेवा बन्द नेपलमा अनलाइनद्वारा विगत ७ वर्षदेखि सञ्चालित नि:शुल्क सन्देश प्रवाह गर्ने ग्लोबल एसएमएस गेट वे टु नेपालले फ्री मेसेजिङ सर्भिस टु नेपाल सेवा बन्द गरेको छ । नि:शुल्क भएका कारण अनावश्यक तथा भ्रामक, अपमानजनक र धम्कीपूर्ण सन्देशहरूसमेत प्रवाहित भएका कारण समाजमा विकृति बढेको भन्दै सेवा बन्द गरिएको संस्थाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नि:शुल्क सेवा बन्द गरेको बताउँदै संस्थाले शुल्क तिर्ने सेवामा भने आधा शुल्क लिएर सेवा सुचारू गरिरहेको बताएको छ । वर्ष ५, अंक २४, २०६६, फागुन ३

सम्बन्धित सामग्री

विमानस्थल निजीकरण : माफिया पोस्ने ‘सेटिङ’

नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८०/९/२० को निर्णय सिरानी हालेर ०८०/१०/१५ मा मन्त्रिपरिषदले पोखरा अन्तरराष्ट्रिय विमानस्थल, गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न प्राइभेट कम्पनीलाई जिम्मा लगाउने नियतले अध्ययन समिति गठन गरेको छ । यसमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको कुरा पनि छ । पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्ने सरकारको नियत देखिएको छैन । […]

तीनवटै विमानस्थल ‘बेच्ने’ प्रचण्डको ‘प्लान’

काठमाडौं- सुशासनको नारा लगाएर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटनमन्त्री सुदन किरातीको ईच्छाविपरीत गत साउनमा विवादित पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाए । तिनै ल्हारक्यालले प्रधानमन्त्री प्रचण्डको आडमा गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासीको रामग्राम क्षेत्र उत्खनन् एवं बौद्ध स्तूपा निर्माणका लागि १२० विघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई विनाप्रतिस्पर्धा दिने निर्णय लुम्बिनी […]

आन्तरिक विमानस्थल : बन्छन्, चल्दैनन्

नेपालमा ५३ वटा विमानस्थल निर्माण भइसके पनि ३३ वटा मात्रै नियमित सञ्चालनमा छन् । यात्रु र वायुसेवा कम्पनीलाई आकर्षित गर्नुपर्ने व्यावसायिक चुनौती रहेका बेला राजनीतिक बलमा पूर्वाधार बनाउने प्रतिस्पर्धा भने कायमै छ ।

लुक्ला विमानस्थलमा बढ्यो फर्किने यात्रुको चाप, विमान कम्पनीलाई भ्याइ नभ्याइ

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले  लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिए...

अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट

सरकारले नवनिर्मितपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ले उद्घाटन गर्दै छन् ।नियामक  निकाय  नेपाल  नागरिक  उड्डयन  प्राधिकरणका  अनुसार  विमानस्थलमा  विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो । प्राधिकरणका

पोखरा विमानस्थल : अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई एक वर्षसम्म सबै शुल्कमा छुट

सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।क्यानका प्रवक्ता जगन्नाथ निरौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुरुप पोखरा विमानस्थल सञ्चालनमा आएको मितिदेखि एक वर्षसम्मका लागि

सेवा सहज बनाउन प्राधिकरणले वायुसेवा कम्पनीलाई गरायो सचेत

२४ असोज, काठमाडौं । तीन दिन अगाडि नेपाल सरकारका सहसचिव धनिराम शर्माले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भने, ‘पहिरोका कारण राजमार्ग अवरोध छ, विमानस्थल पुग्ने कुनै उपाय छैन, यस्तो अवस्थामा समेत टिकटको मिति सार्न वा रद्द गर्न अनुरोध गर्दा थप रकमको माग गर्ने, टिकट सार्न वा रद्द गर्न मिल्दैन भन्ने जवाफ पाउँदा निजी विमान कम्पनीहरुको […]

११ वटा साना विमानस्थलमा गरिएको लगानी जोखिममा !

१० साउन, काठमाडौं । सरकारले राजनीतिक पहुँचका आधारमा विमानस्थल आयोजना अगाडि बढाउँदा ती विमानस्थलहरुमा गरिएको लगानी खेर जान सक्ने देखिएको छ । एकातर्फ सुगम क्षेत्रमा मात्र उडान गर्ने वायुसेवा कम्पनीलाई दुर्गम भेगमा योगदान गर्नुपर्ने नीति कार्यान्वयनमा ल्याउन नसकेको, धेरै नजिकमा विमानस्थल खुलेको र अर्कोतर्फ व्यवसायिक योजनाविना नै विमानस्थल बनाएका कारण लगानी नै खेर जान सक्ने […]