लुक्ला विमानस्थलमा बढ्यो फर्किने यात्रुको चाप, विमान कम्पनीलाई भ्याइ नभ्याइ

सोलुखुम्बु – सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप अत्याधिक बढेको छ । मौसम प्रतिकूलताका कारण पछिल्लो केही दिन उडान ठप्प हुँदा अहिले  लुक्लाबाट फर्किने यात्रुको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट दैनिक ७ वटा भन्दा बढी उडान भईरहेका छन् भने अधिकांश विमानमा फर्किने यात्रुको चाप अधिक रहेको प्राधिकरण प्रमुख महेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ तथा मन्थलीबाट अधिकांश विमानले कार्गो लिए...