ललितपुर प्याट्रिओट्सले सोमबारदेखि राजधानीमा सुरू भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)मा विजयी सुरुवात गरेको छ। इपीएलको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किंग्स एलेभेनलाई ७ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरूवात गरेको हो। ललितपुरका लागि भारतीय खेलाडी जयकिसन अनिल कुमार कल्सावालाको अविजित ४४ रन बनाएपछि ललितपुरले ९० रनको लक्ष्य १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। ४८ बल खेलेका…